कविता : उल्झन

लच्छाबाट छुट्टिएको धागो
एकपटक अल्झिएपछि
थुप्रै गाठाहरू बन्दा रहेछन् !

गाँठाहरु
कुनै सहजै फुक्दा रहेछन्
कुनै फुकाउनुपर्ने रहेछ
दु:ख गरेर
कुनै फुक्नै नसक्ने गरी
समयसितै अल्झिएर बन्दा रहेछन्
अझ ठुला गाँठाहरू !
जस्तो कि हाम्रा बा’
पैसा ऋण लिएर ऋण तिर्नुहुन्छ
आमा नुन पैंचो लिएर पैंचो तिर्नुहुन्छ

अल्झिएको धागो जसरी
अल्झिएको छ बार्दलीमा मकुराको जाल,
अल्झिएको छ हुरीमा
छानोको खर
अनि अल्झिएको छ दाइजो नपाएर
गौना कुरिरहेकी दिदीको वर ।

अल्झिएको छु म
जिन्दगीका यस्तै तमाम गाँठाहरुमा
समयको छालमा मेरो मन अल्झिएको देखेर
टाढिंदै गइरहेको छ मबाट मन साटेको प्रिय मान्छे पनि

के सोच्यो होला उसले
मानौं अल्झिएको धागोमा परेर सियो अल्झिएझैँ
ऊ पनि अल्झिनुपर्छ मेरो समस्याको पोकोमा ?
मानौं उसै गरी बन्धक छ मेरो खुसी पनि
उल्झनहरूको साँघुरो पिँजडामा !

प्युठान

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी