उडन लागेकाे विमानमा तीनवटा बँदेल ठाेक्किएपछि…

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

नेपालगञ्ज । हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको कल साइनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका छन् । विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा आउने गरेको स्थानीयको भनाइ छ ।

प्रहरी उपरीक्षक न्यौपानेले दुर्घटनामा मानवीय क्षति नभएको र सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताए । जहाजमा १४ यात्रु र तीन चालकदलका सदस्यसहित १७ जना र कार्गो बोकेको सो जहाजमा बदेलका पाठा ठोक्किदा अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ । धावनमार्गबाट जहाज हटाएर ह्याङ्गरमा पुराई विमानस्थल सञ्चालन भइसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम