सरस्वतीको पोस्टमा मच्छिन्द्रको ६ गोल

sf7df8f}F, @# df3 . zlxb :df/s P l8lehg lnudf laxLaf/ nlntk'/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df dl5Rb| Sna / ;/:jtL o'y SnaaLrsf] v]ndf annfO{ cufl8 a9fpFb} dl5Rb| Snasf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज बिहीबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । त्यसैगरी खेलको ५४औं मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७७औं मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे । त्यस्तै खेलको ८७औं मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ । 
तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी