दुई चलचित्रको रिलिज स्थगित

काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भइसरबाट जोगिन र आफूलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि हलिउडले केही फिल्मको रिलिज रोकेको छ । बलिउडका सिनेमा पनि अब रिलिज गर्ने कि नगर्ने भन्ने अन्योलमा निर्माता एवं वितरक छन् । यता कोरोना भाइरसको त्रासको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ । कोरोनाप्रति सचेतना अपनाउँदै दर्शक सिनेमा हलमा आउने क्रम घटेको छ । यसै क्रममा दुई साता यता प्रदर्शनमा आउने भनिएका नेपाली चलचित्रको प्रदर्शनी स्थगित गरिएको छ ।

यही ३० फागुनबाट रिलिज गरिने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को रिलिज हाललाई स्थगित गरिएको यो चलचित्रका निर्देशक सुदर्शन थापाले बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक थापाले यो चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएका छन् ।

प्रदर्शनी मिति नजिकिँदै गर्दा ‘म यस्तो गीत गाउँछु’को नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक गरिने तयारी हुँदै थियो । चलचित्रका कलाकार प्रचारप्रसारका लागि देश दौडाहामा थिए । कोरोना भाइरसको त्रास नेपालमा बढेसँगै सिनेमा हलमा दर्शकको आमगन स्वात्तै घटेपछि निर्माता निर्देशक थापाले आफ्नो फिल्मको रिलिज स्थगित गरेका हुन् । निर्देशक थापाका अनुसार यो चलचित्रको रिलिज मिति केही पर सारिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था नदेखिएमा र यो त्रासबाट मुक्त भई हलमा दर्शक सिनेमा हेर्न जाने क्रम बढेपछि फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई २३ फागुनमा रिलिज गर्ने भनिए पनि २३ फागुनमा बलिउडको फिल्म ‘बागी ३’ रिलिज भएपछि ‘म यस्तो गीत गाउँछु’को प्रदर्शन मिति सारेर ३० फागुन पु¥याइएको हो । अब ३० फागुनमा पनि कोरोनाको सन्त्रासका कारण यो फिल्म रिलिज नगर्ने घोषणा गरिएको छ ।

पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । शिवम् अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनीष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

निर्माता निर्देशक फूलमान बलले पनि आफ्नो चलचित्र नीरफूलको प्रदर्शन ७ चैतमा नगर्ने भएका छन् । यसै साता ट्रेलर रिलिज गरेर यो चलचित्र ७ चैतमा रिलिज हुने घोषणा गरिएको थियो । यस अघि ३० फागुनमै रिलिज हुने भएिको यो फिल्म वितरक र निर्माताको सल्लाहअनुसार ७ चैतलाई सारिएको थियो । चलचित्रको प्रदर्शन मिति सारेसँगै निर्माता निर्देशक बल आफ्नो फिल्मको प्रचारमा व्यस्त थिए ।

उनले राजधानीसँग भने,‘नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिए पनि यसैको त्रासका कारण सिनेमा हलमा दर्शक छैनन् । यस्तो अवस्थामा सिनेमा चलाउन उपयुक्त हैन भन्ने निष्कर्षस्वरूप हामीले यो फिल्मको रिलिज चैत ७ मा अब रिलिज नगर्ने निर्णयमा हामी पुगेका छौं ।’ देशको परिस्थितिलाई मध्यनजर राख्दै अर्को उपयुक्त तिथि हेरेर निरफूललाई रिलिज गरिने पनि निर्देशक बलले बताएका छन् ।

चलचित्र नीरफूलमा दयाहाङ राई, शन्ति वाइवा, बुद्धि तमाङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा रेखा थापा अतिथि भूमिकामा प्रस्तुत भएकी छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल