केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउदै उनले भने, `माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो ।´

माओवादी मधेसी जन्ताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले दाबी गरे ।

मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे ।

प्रदेश-२ का कुना काप्चामा गएर मधेसीहरुको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, `मधेशको पहिचान, मुद्दा र समस्याहरुलाई माओवादीलेमात्र सम्बोधन गर्न सक्छ ।´

रामगोपालपुरमा झण्डै ८ हजार संख्यामा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्नेतर्फ पनि प्रतिबद्धता जनाए ।

रामगोपालपुरबाट भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लालपूर्जा वितरण गर्ने कार्यको शुभारम्भ भएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने उनको आश्वासन थियो ।

महोत्तरीको रामगोपालपुरमा आजै सात वटा आधारभूत स्वास्थ्य चौकी र एउटा कोभिड अस्पतालकोसमेत प्रचण्डले शिलान्यास गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा