चपली हाईट ३ को ट्रेलर रिलिज

काठमाडौं । चलचित्र चपली हाईट ३ को ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा रिलिज गरिएको छ । चलचित्र विकाश बोर्डका सदस्य एवम् सो चलचित्रका निर्माता अर्जुन कुमारले नेपाली चलचित्र उधोगलाई चलायमान बनाउन चुनौती मोलेर २ पुसबाट आफुले देशव्यापी रुपमा यो चलचित्र रिलिज गर्न लागेको बताए । त्यतिबेला बिदेशी भन्दा यो नेपाली चलचित्रलाई हेरेर आफुहरुलाई प्रोत्साहन गर्न पनि उनले अनुरोध गरे ।

स्वस्तिमा खड्का, आमिर गौतम, अर्पण थापा, सुपुष्पा भट्ट, दीपाश्री निरौला, महेश त्रिपाठी, प्रतिकमान राजभण्डारी लगायतको मुख्य भूमिका रहेको यो चलचित्र थ्रिलर जनरामा बनेको यसका निर्देशक निकेश खड्काले बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले कोरोनाका कारण दुई वर्ष अघि रिलिज रोकिएको यो चलचित्र नेपाली समाजमा हुने समसामयिक अपराधका घटनामा केन्द्रित रहेको बताईन् । बिदेशी चलचित्रलाई जस्ता नेपाली चलचित्रलाई पनि हलमा हेरेर आफ्नो कामको मूल्याँकन गरिदिन उनले दर्शकलाई सो कार्यक्रममार्फत अनुरोध गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार