सचिव–सहसचिवलाई मन्त्रीको धम्की !

काठमाडौं । मन्त्रीहरूले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चपदस्थहरूले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरूले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरूले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् ।

मन्त्रीहरूको अनावश्यक टर्चर, धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री र सचिवबीच द्वन्द्वसमेत बढ्न थालेको छ । तर, सचिवहरूले भने मन्त्रीका गैरकानुनी आदेश नमान्ने चेतावनी दिन थालेका छन् ।

मन्त्री आतंकका कारण सचिवले माग्न थाले सरुवा

केही सचिवहरूले मन्त्रीले आपूmहरूलाई गैरकानुनी काम गर्न दबाब दिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लागि मौखिक निवेदनसमेत दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सामन्यतयाः सचिवको सरुवाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने कानुनी प्रावधान छ ।

तर, पछिल्लोपटक भने यो प्रावधानलाई पूर्ण रूपमा बेवास्ता गर्दै प्रधानमन्त्री र मन्त्रीकै ठाडो प्रस्तावमा सचिवको सरुवा हुँदै आएको छ । हाल मन्त्रीले सचिव रोज्ने गलत प्रवृत्ति हावी भएकाले धेरै प्रकारका समस्या सिर्जना भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

– सचिव सरुवामा मन्त्री हावी हुँदा समस्या

– सचिवहरू एकजुट हुने विषयमा छलफल

– गैरकानुनी आदेश नमान्ने चेतावनी

स्रोतका अनुसार हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतमा कर्मचारीहरू आतंक महसुस गरिरहेका छन् । सबैभन्दा बढी आतंकित पर्यटन मन्त्रालयका कर्मचारी बनेका छन् ।

पर्यटनमन्त्री प्रेम आलेले आफ्नो स्वार्थअनुसार काम नगरेको भन्दै मन्त्रालयका खरिदार, सुब्बा, अधिकृत, उपसचिव, सहसचिव तथा सचिवसम्मलाई थर्काउने गरेका छन् । मन्त्री आतंकले मन्त्रालयमा काम गर्ने वातावरण नरहेको पर्यटन मन्त्रालयका एक अधिकृतले बताए ।

ती अधिकृतका अनुसार मन्त्री आलेले दिएका कैयौं गैरकानुनी आदेशलाई सचिव यादवप्रसाद कोइरालाले ठाडै अस्वीकार गर्दै आइरहेका छन् । केही दिनअघि मात्रै एक टेन्डरको विषयलाई लिएर सचिव र मन्त्रीबीच ठूलै विवाद भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

‘मन्त्रीले जुनसुकै विषयमा पनि आर्थिक लेनदेन हुनेगरी योजना बनाउने तर सचिव भने सुशासन चाहने र नियम कानुनअनुसार अघि बढ्ने हँुदा दुवैबीच द्वन्द्व बढेको हो,’ मन्त्रालयका एक अधिकृतले भने ।

विशेषगरी कुनै पनि सचिव मन्त्रीको एसम्यान बन्न नहुने, ऐन नियमविपरीतका सबै आदेश अस्वीकार गर्ने, मन्त्रीको गलत कामको डटेर सामना गर्नुपर्ने, सुशासन कायम गर्नेलगायतका विषयमा सचिवहरूबीच छलफल हुन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ

ती अधिकृतका अनुसार केही दिनदेखि मन्त्री र सचिवबीच बोलचाल नै बन्द रहेको छ । मन्त्रालयमा मन्त्रीको आतंकले पुरै कर्मचारी काम नै नगर्ने अवस्थामा पुगेको पनि ती अधिकृतले जानकारी दिए ।

यस्तै, समस्या बिस्तारैबिस्तारै अन्य मन्त्रालयमा पनि हुन थालेपछि सचिवहरू अनौपचारिक रूपमा एकजुट भएर अगाडि बढ्नुपर्ने गरी आवश्यक लबिङमा लागेको बताइएको छ । पर्यटन मन्त्री आलेले सचिव कोइरालालाई हटाउने तयारी गरेपछि अन्य धेरै सचिवले त्यसको विरोध गर्दै आपूmहरू कोही पनि पर्यटन मन्त्रालयमा नजाने बताउन थालेका छन् । कोइरालालाई हटाएर आपूmहरू पर्यटन मन्त्रालयमा जान अधिकांश सचिवहरू इच्छुक देखिएका छैनन् ।

पर्यटन मन्त्राललयमा कुनै सचिव गइहाले पनि ऊ मन्त्रीसँग सेटिङमा चलेको आरोप लाग्ने भएकाले कोही पनि जान इच्छुक नरहेको स्रोतको दाबी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउने सचिवहरूबीच आगामी दिनमा एकजुट भएर अगाडि बढ्नुपर्ने विषयमा समेत छलफल हुन थालेको छ । विशेषगरी कुनै पनि सचिव मन्त्रीको एसम्यान बन्न नहुने, ऐन नियमविपरीतका सबै आदेश अस्वीकार गर्ने, मन्त्रीको गलत कामको डटेर सामना गर्नुपर्नेलगायतका विषयमा सचिवबीच छलफल हुन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सबै सचिवहरू एकजुट भएर अघि बढ्ने हो भने मन्त्रीहरू स्वतः ट्र्याकमा आउने र गलत काम गर्न नसक्ने विषयमा पनि सचिवहरू बीच छलफल अघि बढेको छ । यस विषयमा मुख्य सचिव शंकरदास वैरागीबाटै आवश्यक पहल हुनुपर्ने माग समेत सचिवहरूले गर्न थालेका छन् । तर, मुख्य सचिव वैरागीले यस विषयमा खासै पहल गर्न सकेका छैनन् । सचिवको सरुवा गर्ने अधिकार मुख्य सचिवलाई नै हुने भएकाले मुख्य सचिवले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्ने सुझावसमेत सचिवहरूले दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 707 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु