एमालेमा सर्वसम्मतको सकारात्मक पहल

प्रमुख प्रतिपक्षी र मुलुकको सबैभन्दा ठुलो दल नेकपा एमाले विधान संशोधन गरेर महाधिवेशनको बन्दसत्रमा प्रवेश गरेसँगै सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक गृहकार्यमा जुटेको छ । एमालेको १०औं महाधिवेशसन क्रममा नारायणी किनारमा जम्मा भएका लाखौं लाख कार्यकर्ताहरूले पनि एमाले आगामी दिनमा एकताबद्ध भएर जानुपर्ने र त्यसका लागि सर्वसम्मत रूपमा नै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए । आमकार्यकर्ताको सोही सुझावअनुसार नै एमालेले यतिखेर नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास थालेको छ । यसलाई आमकार्यकर्ताको भावनाको कदरका रूपमा हेरिएको छ ।

विधान महाधिवेशनबाट पारित पार्टीको विधान छोटो समयमै संशोधनको उद्देश्य पार्टीमा सर्वसम्मति कायम गरेर एक ढिक्का बनाएर लैजानुमा नै केन्द्रित रहेको देखिन्छ । यसैका लागि बन्दसत्र आन्तरिक शक्ति सन्तुलनको गृहकार्यमा जुटिरहेको छ । यो शक्ति सन्तुलनले पार्टीलाई एक ढिक्का बनाएर जनताबीच लैजानेगरी पार्टीमा आन्तरिक अन्तरविरोधहरूको सही परिचालन गरिनेगरी छलफल भएको पनि देखिन्छ । सर्वसम्मतिको विषयमा कसैले पनि विमति राख्न जरुरी छैन । त्यसैले यो विषयलाई गम्भीर रूपमा लिएर समाधानतिर जानुपर्छ भनेर महाधिवेशन स्थलसम्म पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरूले सुझाव पनि दिएका छन् । महाधिवेशनमा उपस्थित कार्यकर्ता र प्रतिनिधि एमालेभित्र साँच्चिकै पार्टीभित्र भावनात्मक एकताको समय आएको र यही १०औं राष्ट्रिय महाधिवेशनमार्फत नै त्यस्तो सन्देश दिनुपर्नेमा एकमत देखिन्छन् । यसका लागि नेतृत्ववर्गले सबै पक्षलाई समेटेर अधिकतम लचिलोपनका साथ अघि बढ्न जरुरी छ । भावनात्मक एकता खोज्दै गर्दा कसैलाई पेलेरै अघि बढ्छु भन्ने गलत सोच नेतृत्वले पनि राख्नुहुँदैन ।

पार्टीको विधान महाधिवेशनपछि विधानतः सबै कुरा लिएर अघि बढ्ने सोच बने पनि महाधिवेशनसम्म पुग्दा पार्टीभित्र रहेका आन्तरिक अन्तरविरोधहरूको हल तदनुरूप नभएको देखेपछि नेतृत्व जननीति अबलम्वन गर्ने तरिका प्रयोग गर्न कस्सिएर लागेको छ । समस्याका बेलामा नेतृत्वलाई आमजनतासँग मिलाउनु नै नेतृत्वको वास्तविक जनशैलीको परिचायक पनि हो । पार्टीमा सर्वसम्मतका कुरा भइरहँदा खुला निर्वाचनको पनि तयारी पूरै गरिएको छ । यसले नेकपा एमाले पार्टीभित्र जनवादको प्रयोग गर्न हिचकिचाएको पनि देखिँदैन । खाली प्रतिस्पर्धाका कुरा मात्र गर्न थालियो भने अराजकता निम्तने र खाली सर्वसम्मतिका कुरा गर्न थालियो भने एकमना एकता हुन जाने कुरालाई अहिले निकै गम्भीरताका साथ मनन् गरिएको देखिएको छ । पार्टीभित्र देखिएको मत, भावना र विचारआदि सबैलाई समेट्न पहल गरिएको पछिल्लो केन्द्रीय समितिको निर्णयअनुसार संशोधित विधानमा केन्द्रीय समिति २ सय २५ बाट ३ सय १ पु-याइएको कुराले देखाएको छ । राजनीतिक वृत्तमा यसलाई नेताहरूको व्यवस्थापन भने पनि यो एमालेमा समस्या समाधानको अनिवार्यता हो । हाल पार्टीभित्र देखिएको नयाँ शक्ति सन्तुलन र त्यसको वैज्ञानिक समाधानका लागि यो आवश्यक पनि देखिएको छ ।

एमालेमा विभाजनको घाउ अझै पुरिएको छैन, सो घाउ पुर्न पनि एकताबद्ध एमाले अहिलेको अहं आवश्यकता हो । विभाजनको मनोविज्ञान भनेको सानो र कम गम्भीर कुरा होइन । यसले उत्साह, उमंग र गतिविधिहरूसमेत गहिरो प्रभाव पार्छ । यही कुरालाई मध्यनजर गरेर एमाले महाधिवेशनको बन्दसत्रभित्र जे जति प्रयास भइरहेको छ, यसले महाधिवेशनस्थलमा उपस्थित लाखौं जनताको मनोभाव समेट्न सक्नुपर्छ । आफ्ना लाखांै कार्यकर्ताको मनोभावनाअनुसार थालिएको सर्वसम्मतिको पहल आफैंमा सरहानीय छ । यसरी थालिएको सर्वसम्मतिको पहललाई सबै नेताले जिम्मेवार र संवेदनशील भएर पूरा गर्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी