काठमाडौं । कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । सांसद लामाले गत मंसिर २ गते काठमाडौ महाराञ्जगन्जमा सम्पर्क कार्यालय स्थापना गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीलाई विधान अनुसार सञ्चालन गर्न, विभागहरुको गठन गरी देशैभर क्रियाशील गर्न गराउन, पार्टीलाई स्थानीय देखी संघ सम्म जीत सुनिश्चित गराउने जस्ता एजेण्डा लिएर उनी महाधिवेशनमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसबाट दुई पटक सांसद र दुई पटक केन्द्रीय सदस्य भएको अनुभव लामासँग छ। सांसद लामाको राजनीतिका यात्रा २०३६ साल बाट सुरु भएको हो। कांग्रेसको १० औं महाधिवेशनमा पार्टीबाट मनोनित केन्द्रीय सदस्य र ११ औं महाधिवेशमा निर्वाचित केन्द्रीय सदस्य भएका नेता लामा १२ औं र १३ महाधिवेशनमा पराजित भएका थिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।