काठमाडौं । काठमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा तीन दिन आयोजना गरिएको तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको हो ।
यो चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधातमक सहभागीता जनाएका थिए । जस मध्य अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्मको अवार्ड तर्फ कुम गेसी (टर्की), फीचर फिल्म अवार्ड मार्केट (भारत), वृत्तचित्र फिल्म अवार्ड द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म अवार्ड बडीज द्याट फाइट (चिली), वुमेन फिल्म अवार्ड फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म अवार्ड कर्मा (ईरान)ले जितेको छ ।
यस्तै अन्तराष्ट्रिय तर्फ नै सर्ट फिल्म अवार्ड द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म अवार्ड मन्नू (भारत), विशेष फिल्म अवार्ड सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अवार्ड अन्टार्कटिका (बुल्गारिया)। स्पेशल मेन्सन फिल्म नेपाल सरिता (नेपाल)ले प्राप्त गरेको छ । यस्तै अन्तराष्ट्रिय विधा मै रिकग्निशन फिल्म अवार्ड अर्थ इज होम (ट्यूनीसा), फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले प्राप्त गरेको छ ।
यस्तै सो महोत्सबमा स्वेदेशी फिल्म तर्फ सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै महोत्सवमा कल्चरल फिल्मको अवार्ड डाईङ क्याण्डलले, फिचर फिल्मको अवार्ड कथा ७२ले, डकुमेन्ट्रि फिल्मको अवार्ड एउटा फरक कथाले, वुमेन फिल्मको अवार्ड द कन्फ्युजनले, चिल्डेन फिल्मको अवार्ड अ स्केयर क्वराले प्राप्त गरे ।
यस्तै सर्टफिल्मको अवार्ड फिट द्याट टच नेशनले, इन्भारोमेन्ट फिल्मको अवार्ड द वइन्टर ट्यापले, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्रले, विषेश वुमेन फिल्म अवार्ड इन्द्रायाणीबाट दर्शनवीर शाक्य, रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड चोरखाते फिल्मबाट कृष्ण भण्डारी र सिया फिल्मबाट मिरा गुरुङले अवार्ड हाँसिल गरे ।
महोत्सबमा यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, अभिनेता प्रेम पाण्डे, पेजेन्ट डाईरेक्टर निशकान्त झालगायतका अतिथिले अवार्ड प्रदान गरे ।
यो महोत्सबमा नेपाली फिल्म चयनको निर्णायकमा चलचित्र निर्देशक ऋषि लामीछाने, दिनेश राउत, उत्तम न्यौपाने, अभिनेता शितल के.सी., पत्रकार बिष्णु प्रसाद सुवेदी थिए । यस्तै अन्तराष्ट्रिय तर्फको निर्णायकमा डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरले आयोजना गरेको सो महोत्सबमा यसपटक दशर्कको राम्रो सहभागिता रहेको फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी वताए । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको पनि उनले अवार्ड समारोहमा प्रकाश पारे ।






