हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अब मुलुकलाई डाक्टर दिने छ


जुम्ला । अहिले पनि कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा लिइन्छ । जुम्ला भन्नासाथ पिछडिएको ठाउँ, कम पढेलेखेका मान्छे, खान नपुग्ने र गरीबहरुको ठाउँ भनेर चिनिन्छ । तर, अब जुम्लाको परिचय फेरिसकेको छ । हिमालको काखैमा अवस्थित जुम्ला खलंगामा अव सेतो कोट लगाएका मानिस हिड्ने छन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन गर्ने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतवारबाट एमबिबिएस पढाई सुरु भएको छ । हिजो नेपालगञ्ज, काठमाण्डौं जस्ता ठुला शहरमा हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अब मुलुकलाई डाक्टर दिने छ । २०६८ सालमा स्थापना भई २०७३ सालबाट एमबिबिएस अध्ययन अनुमतिका लागी प्रयास गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत फागुनमा २० सिटको सम्बन्धन प्राप्त गरेको थियो । हाल ९ वटा कार्यक्रम सञ्चालन हुदै आएको प्रतिष्ठानमा एमबिबिएस पढाई समेत सुरु भएकोले केहि वर्षमा प्रतिष्ठानले काँचुली फेर्ने प्राध्यापक निरेश बास्तोलाले बताए ।

एमबिबिएस सञ्चालनको लागी प्रतिष्ठानसँग ३०० बेडको आफ्नै अस्पताल, ल्याव, होस्टेल, कर्मचारी प्रशासन र प्राध्यापकहरु छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारी शिक्षालय भएकोले र कर्णाली जस्तो हावापानी मिलेको ठाउँ भएकोले प्रतिष्ठान आफ्नो रोजाईमा परेको सिन्धुलीका अपेक्षा पराजुलीले बताइन । पुर्वी तराईको महोत्तरीबाट पश्चिमको हिमाली जिल्ला जुम्लामा अध्ययनका लागी आएका सुनिलकुमार मण्डल खष भाषा र सम्भयताको जननी जुम्लामा आएर पढन पाउदा निकै खुसी लागेको सुनाउछन् । धेरै चुनौती झेलेर एमबिबिएस सुचारु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी दिनमा पनि थप चृनौतीको सामना गर्नुपर्ने हुन सक्छ । त्यसका लागी स्थानीयवासीदेखी सरकारबाट सहयोग हुनुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २६ गते प्रतिष्ठानको बहुप्रतिष्ठित बिषयको रुपमा रहेको एमविविएस कार्यक्रमको औपचारिक उद्धाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतले जानकारी दिए । रजिष्ट्रार महतका अनुसार २०७८ साल मंसिर २६ गते उद्धाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुग्ने कार्यक्रम तय भएको छ । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, विज्ञान प्रविधि तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल समेत एमविविएस कक्षाको उद्धाटन गर्न जुम्ला पुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार