सप्तरीमा उपाध्यक्षको प्रहारबाट अध्यक्षको दुइटा दात भाँचियो

राजविराज, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ ।

अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच भएको कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ ।

बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामाथी कुर्सीले आक्रमण गर्दा अध्यक्षको दात भाँचिएको थियो भने उपाध्यक्षको हातमा चोट लागेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।

अध्यक्ष जसपाका हुन् भने उपाध्यक्ष सोही पार्टीबाट विभाजित भई निर्माण भएको लोसपाका हुन् । जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो ।

बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बिऊ बिजन बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो ।

कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।

डिएसपी माधवप्रसाद काफ्लेले घटना’bout जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटाइएको एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान थालेको जानकारी दिएका छन् ।

विगत दुई वर्षदेखी सो गाउँपालिकाको गाउँ सभा हुन नसकेको अवस्थामा गत हप्ता मात्र गाउँ सभा सम्पन्न भएको थियो । सभा सम्पन्न भएपछि डाकिएको कार्यपालिकाको बैठकमा गहुको बिऊ बिजन बितरण गर्ने विषयमा प्रमुख र उपप्रमुखबीच भएको विवादले उग्ररुप लिएपछि त्यस्तो दुखद घटना भएको स्थानियले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध