कारागारका किराना पसलेले ठगेको भन्दै कैदीबन्दी भोकहड्तालमा

सप्तरी, राजविराज । राजविराज कारागारमा भइरहेको अनियमितता रोक्न तथा दोषिमाथी कारवाहीको माग गर्दै कैदीबन्दीहरुले शुक्रबार भोकहड्तालसहित नाराबाजी गरेका छन् ।

कारागार भित्र संचालित किराना पसलमा आफूहरुसित चर्को मुल्य लिएर समान बिक्रि गर्ने गरेको, भेट्न आउने आफन्तहरुसँग दुव्र्यबहार गर्ने गरेको तथा गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगि चन्दन यादव, नाइके बिजय यादव लगायतको सरुवा समेतको माग गरेका छन् ।

सरकारले दिए अनुसारको सेवा सुविधा नदिनाका साथै कारागारभित्र किराना पसलमा जेलर कोइराला, कार्यालय सहयोगि र नाइके समेतको मिलोमतोमा आफूहरुले किन्ने सामानमा चर्को मुल्य लिने गरेको कैदीबन्दीको आरोप छ ।

लगातार नाराबाजीमा कैदीबन्दी उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि छानबिन समिति गठन गरि सोको प्रतिवेदनको आधारमा दोषिमाथी कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमले शुक्रबारै तीन सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले दिने प्रतिवेदनको आधारमा आवश्यक कदम चालिने बताएका छन् ।

कुल १ सय २५ कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा हाल ए, बी र महिला ब्लक गरि कुल ३ सय ५२ कैदीबन्दी राखिएका छन् । जसकारण पनि समस्या हुने गरेको कारागार प्रशासनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार