चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिलेसम्म चार नेपालीलाई लागेको पुष्टि भएको छ । नेपाल र अस्ट्रेलियामा एक एक तथा यूएईमा दुई नेपालीलाई कोरोना लागेको पुष्टि भएको हो ।

नेपालमा कोरोना लागेका व्यक्ति चीनबाट फर्किएका थिए । ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । यद्यपि, उनी अहिले पूर्ण स्वस्थ भइसकेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार