देउवाले १५०६ मत पाउँदा काेइरालाकाे ११७८ मत

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् । 

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन् । कोइरालाले ११७८  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन् । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति