सरिता र नारनको ‘नचिनेको मान्छे’ सार्वजनिक


काठमाडाैं । दुखाई, भोगाई शहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सङ्गै जीउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो । यहि मैदान भित्रको एक युवा खेलाडी र आमाको कथा “नचिनेको मान्छे”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारन नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेर गीतमा समावेस गरिएको छ । सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पबन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ । यस भिडियोमा आमा छोराको माया सदभाब दर्साइएको छ जुन बसको सिटमुनी चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भ-याङ्गमा बसेकी छन । छोराले आमाको लागी नयाँ चप्पल किनेर ल्याईदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साईज नाप्छ , लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन ।

बसको सिटमुनी चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ । आमा निन्याउरी भएकी छन् । बिस्तारै छोराको कुममा ढल्छिन । हात छोराको काखमा झर्छ र छोरा ब्युझिन्छ । आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ । छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफुले लगाएको भिडियोमा देख्न सकिन्छ । यस भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)