३८५० मत गन्दा खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले ल्याइन् २४१४ मत (कसकाे कति )

काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिला संग्रौलाले अग्रता बनाइरहेकी छन् ।

३८५० मत गणना हुँदा उनले २४१४ मत पाएकी छन् । दोस्रो नम्बरमा पुष्पा भुसालले २२९२, सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।

खुला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेदवार रहेका छन् । जसमध्ये ९ जना विजयी हुने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम