नेपालका १९ जना विद्यार्थी ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रममा सहभागी

काठमाडौं । ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप सिएसअर कार्यक्रम नेपालको स्नातक तहका विद्यार्थीहरूका काठमाडौंमा सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा ९ विभिन्न अइसीटि पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरे ।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पछि प्रतिष्ठित अाइसीटी प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो, र ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, Tech4good प्रोजेक्टमा सहभागी भए, घान्द्रुकमा ह्वावेद्वारा निर्मित 4G बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिए ।

ती विद्यार्थीहरूले Tech4good विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २० हजार डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।

समापन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत होउ यान्छी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेल थिए । राजदूत होउले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा १९ विद्यार्थीहरुलाई बधाई दिए । राजदूतले एसिया-प्यासिफिक क्षेत्रका धेरै मानिसहरूलाई लाभान्वित गर्न सरकारहरूले इनोभेसन-संचालित विकासका सिद्धान्तहरू पालना गर्न, डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्वलित गर्न र डिजिटल प्रविधिहरूको उपलब्धिहरूलाई सक्षम पार्नु पर्ने कुरामा जोड दिइन् ।

उनले कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपालबीच पुलको काम गर्ने आशा व्यक्त गरिन् । राजदूत होउले ह्वावेको नेपालप्रतिको २१-वर्षे प्रतिबद्धता, नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने प्रयासको प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको अाइसीटी क्षेत्रमा र अाइसीटी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको विकास गर्न ह्वावेले गरेको कामका लागि धन्यवाद दिए । उनले ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रमको प्रशंसा गर्दै ह्वावेलाई यो जस्तै अन्य कार्यक्रमहरू ल्याउन अनुरोध गरे ।

प्रा. तिमिला यमी थापाले यस क्षेत्रका विज्ञहरुलाई अाइसीटी क्षेत्रमा धेरै योगदान दिनुका साथै प्राविधिक शिक्षामा विद्यार्थी, विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई, ध्यान दिन आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी