एकसय ७१ वर्ष पछि इलाममा भेटियाे दुर्लभ धनेस

तस्बिर : देवेन खरेल


इलाम । एकसय ७१ वर्ष पछि इलाममा दुर्लभ चरा भेटिएको छ । इलामको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा एकसय ७१ वर्ष पछि उक्त चरा भेटिएको खुल्न आएको हो ।

गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाई छ । उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको थिए ।’ धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको सिमढाप भारतीय सीमाबाट करिब १२ किलोमिटरमा पर्छ । भारत लाटपन्चरमा फाट्टफुट्टमात्र देखिने यो चरा हत्तपत्त कसैले देख्नै नसकेको खरेलले जनाए ।


नेपालमा ८ सय ८६ प्रकारका चरा पाइने गरेकामा देवेनले नै भेट्टाएको जंगली परेवा (ग्रिन इम्पाइरिकल प्रिजन) थपिएर यसको संख्या ८ सय ८७ पुगेको थियो । खरेलले जंगली परेवा झापाको मेचीनगर–७ मा फेला पारेको जनाएका छन् । ‘विश्वमै दुर्लभ भइसकेको धनेस चरा नेपालको पूर्वी भागमा पाइने सम्भावना चाहिँ छ तर सन् १९०० को शताब्दीदेखि नै यो चरा नेपालमा देखिएको थिएन,’ खरेलले भने, ‘यो चरा विश्वबाटै हराएर जाने चराको सूचीमा छ, नेपालमा भेटियो भने यो निकै महत्वपूर्ण रहेको छ ।’

तस्बिर : देवेन खरेल, वाइल्डलाइफ फोटोग्राफर खरेललेले याे तस्विर इलामको सूर्याेदय नगरपालिका–१, सिमढापमा खिचेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 657 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी