काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले केही वर्ष यताबाट आफुले मुहारको सुन्दरतामा निकै चासो दिन थालेकी बताएकी छिन् । ढल्कँदो उमेरसँगै आफ्नो मुहारको छाला सुन्दर र कसिलो बनाउन पार्लर गएर फेसियल समेत गर्न थालेको बताएकी छिन् ।
‘चलचित्रको पर्दामा प्रस्तुत हुनु पर्ने भएकाले मुहारको छालाको स्वास्थ्यमा पनि त्यत्तिकै ध्यान दिनु परेको छ । यसको लागि समयमा सुत्ने र प्रसस्त पानी समेत पिउने गरेकी छु ।’ अभिनेत्री करिश्माले शनिबार ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं वार्षिक उत्सब कार्यक्रममा बताएकी हुन् ।
जब करिश्मा चलचित्रमा नायिकाको रुपमा आएकी थिईन् । त्यतिबेला राम्रो पार्लर समेत काठमाडौंमा थिएन,‘नेपालमा गतिलो कस्मेटिक पनि त्यत्तिबेला सहजै पाईँदैन थियो । लामो समयसम्म मैले मुहार सुन्दर बनाउन आबस्यक कस्मेटिक भारत र हङकङबाट मगाउँदै आएँ ।’ पछिल्लो समय गुणस्तर युक्त कस्मेटिक सामानहरु नेपालमै पाउन थालेपछि आफुहरुलाई केही सहज भएको उनले बताईन् ।
सो कार्यक्रममा ‘रश्मिलाज फेसियल हाउस सदावहार सुन्दर अभिनेत्रीको रुपमा सम्मान ग्रहण गर्दै यी अभिनेत्रीले भनिन्,‘ बिगतमा त म राम्री नै छु किन ब्युटिपार्लर धाउनु प-यो र जस्तो लाग्थ्यो । तर विस्तारै मुहारको छालामा चाउरीपन आउन थालेपछि बल्ल केही समय यताबाट ब्युटी पार्लर जान थालेकी हुँ ।’ करिश्माले भनिन् ।
काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेर १०० भन्दा बढी ब्यक्तिलाई रोजगार दिएको रश्मिलाज फेसियल हाउस पछिल्लो समय आफ्नो रोजाई भएको पनि उनले बताईन् ।
कार्यक्रममा रश्मिलाज फेसियल हाउसका सँरक्षण प्रकाश कुमार श्रेष्ठ, अध्यक्ष रश्मिला श्रेष्ठले करिश्माको नेपाली चलचित्रमा योगदान’bout चर्चा गरे । यो रश्मिलाज फेसियल हाउसको सँघर्ष र सफलताको ’boutमा पनि प्रकाश र रश्मिलाले बताए । रश्मिलाजका विभिन्न ब्रान्चका उत्कृष्ट कर्मचारीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।






