सिके राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आगजनी गरेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार