हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज घर आइपुगेका छन् । हिमपात हुन छोडेसँगै र हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।

५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडारमा बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।

‘हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु आथज दिउँसो गाउँ पुग्न सफल भए’ ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे भने‍। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए । समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान