जसले युवा मुटु हल्लाए

सन् २०२१ मा बलिउडमा करिब डेढ दर्जन फिल्म रिलिज भए । तर, गीतसंगीतको हिसाबले सबै फिल्म उत्कृष्ट हुन सकेनन् । केही फिल्म गीतसंगीतकै कारण चर्चामा आए । सन् २०२१ मा सर्वाधिक रुचाइएका उत्कृष्ट पाँच ‘आइटम सङ’को सूची सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत सबैभन्दा बढी रुचाइएको २०२१ को बलिउड आइटम गीतमा फिल्म ‘मीमी’को ‘परम सुन्दरी…’ रहेको छ । गीतमा श्रेया घोषालको स्वर रहेको छ । अभिनेतृ कृति सेननको डान्स रहेको गीत उत्तिकै माधुर्य छ । सोही कारण यो गीत सर्वाधिक रुचाइएको हो ।

लोकप्रियताको हिसाबले सन् २०२१ को दोस्रो स्थानमा रहेको ‘कुसु कुसु…’ हो । फिल्म ‘सत्यमेव जयते २’ गीतलाई जराह एस खान र देव नेघीले गाएका हुन् । यो गीतमा अभिनेतृ नोरा फतेहीको कामुक भावको नृत्य छ । यो गीतले पनि फिल्मको व्यापारमा ठुलो सहयोग पु-यायो ।

सन् २०२१ मा रुचाइएको बलिउडको आइटम गीतमध्ये तेस्रो स्थानमा रहेको ‘टिप टिम वर्षा पानी…’ हो । फिल्म ‘मोहरा’को चर्चित गीत यसपटक ‘सूर्यवंशी’मा राखिएको छ । यो गीतलाई उदित नारायण झा र अलका याज्ञनिकले गाएका छन् । कैटरिना कैफ र अक्षय कुमारको कामुक नृत्यका कारण यो गीत यसपटक फेरि रुचाइएको छ । ‘मोहरा’मा भने अक्षयसँग नायिका रविना टण्डनले रोमान्स गरेकी छन् ।

आइटम गीतको हिसाबले सन् २०२१ को चौथो स्थानमा रहेको ‘चका चका…’ हो । फिल्म ‘अतरंगी’को गीतमा सारा अली खानको नृत्य रहेको छ । गीतलाई श्रेया घोषालले स्वर दिएकी छन् । यही गीतका कारण पनि ओटिटीमा दर्शक बढेको वितरकको दाबी छ ।

सन् २०२१ को पाँचौं स्थानमा रहेको आइटम गीत ‘बाँसुरी…’ हो । ‘हम दो हमारे दो’ फिल्मको गीतमा कृति सेनन र राजकुमार रावको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 580 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ