एक्सक्लुसिभ अष्ट्रेलिया इन्फरमेशन डे हुने

काठमाण्डौ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै एक्सक्लुसिभ अष्ट्रेलिया इन्फरमेशन डे हुने भएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको इ प्लानेट एजुकेशनले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे वन स्टप शीर्षकमा विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

पुस २५ गते काठमाडौं संस्थाको केन्द्रीय कार्यलय बागबजार र २७ पुसमा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका ’boutमा विस्तृत परामर्श दिइने छ ।
अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृती लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मेलामार्फत छात्रवृती सम्बन्धी जानकारी, आइएलटिएर प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका ’boutमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको ’boutमा समेत जानकारी दिइनेछ ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्कीड्र मार्फत ल्यापटप प्रदान गरिने कार्यक्रमा जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत