कैलाली लागु औषधको अखडा बन्दै


धनगढी । कैलालीमा लागुऔषध प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा मात्रै ७८ मुद्दामा १०७ जना पक्राउ परेका छन् । जसमा १०४ जना पुरुष रहेका छन् भने ३ जना महिला रहेका छन् ।

चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म सो संख्यामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । यसरी हेर्दा जिल्लामा लागुऔषध प्रयोग गर्नेहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागु औषधसम्बन्धी मुद्दामा १०८ जनालाई पक्राउ गरिएकामा २०७५/७६ मा दर्ता भएका ८७ मुद्दामा ११७ लाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । यस्तै २०७६/७७ मा दर्ता भएका ९८ मुद्दामा १६१ जनालाई पक्राउ गरेको थियो भने २०७७/०७८ मा १३२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका थिए । जसमा ९१ मुद्दा दर्ता भएका थिए ।

लागुऔषधको ओसारपसार रोक्न भन्सारमा कडाइ गरिए पनि खुल्ला सिमानाकाका कारण लागूऔषध ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

नेपालमा प्रतिबन्धित औषधिहरू सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको छ । खास गरी १६–३५ वर्षमाथिका युवाहरु कुलतमा फस्ने र लागु औषधि ओसार पसारमा गर्ने गरेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 628 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित