जनकपुरमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

मतदानस्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ । जनमत पार्टी मधेशमा किसानका विभिन्न मुद्दा अघि सार्दै आन्दोलित छ । अहिले जनमत पार्टीका कार्यकर्ताहरु किसानको माँगलाई लिएर नारावाजी गरिरहेका छन ।

मधेस प्रदेशमा दुई सिटका लागि निर्वाचन सुरु भएको छ । बिहान ९ बजे सुरु हुने भनिएको मतदान निर्धारित समयभन्दा २० मिनेट ढिलो सुरु भएको हो । महेन्द्रनारायण संस्कृति केन्द्रमा शुरु भएको सो मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । मधेस प्रदेशमा दुई सिटका लागि पाँच दलीय सत्ता गठबन्धनबाट महिला कोटामा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जसपाका खालिद सिद्धकी चुनावी मैदानमा छन् ।

एमाले लोसपा गठबन्धनबाट महिला कोटामा लोसपाकी रुपाकुमारी यादव र अन्य समूहमा एमालेका उस्मान अन्सारी चुनावी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन