कोइला बालेर सुत्दा कोठाभित्रै दम्पती मृत फेला

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । शंकरापुर ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरू बुधबार राति खाना खाएर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू बिहीबार बिहान भने बन्द कोठाभित्रै मृत भेटिएका थिए ।

थिङ दम्पती बिहान अबेरसम्म नउठेपछि उनीहरूका जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरूलाई मृत अवस्थामा भेटेका थिए ।

प्रहरीका अनुसार कोठाभित्र कोइला बालिएको पाइएको छ । मृतकको शरीरमा अन्य कुनै बाहिरी चोटसमेत नरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरी वृत बौद्धले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)