बिहेमा हिँडेका बालक बाघको आक्रमण परी घाइते

तनहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका-५ याम्पा फाँट भन्ने स्थानमा ७ बर्षीय बालक अनुप नेपालीलाई बाघले घाँटीमा चिथोर्दा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले दिएको जानकारी अनुसार लालबहादुर नेपालीका छोरा नजिकैको छिमेकीको विहेमा आफ्नो आमासंगै जाने क्रममा जंगल नजिकैबाट निस्केको बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएका नेपालीको पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते नेपालीको अवस्था गम्भीर रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन