यदृच्छालाभसंतुष्टों द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।। (गीता ४–२२)
‘जुन मान्छे बिनाइच्छा वा अपेक्षाको इष्र्यारहित भएर, आपैंm प्राप्त पदार्थबाट सधंै सन्तुष्ट रहन्छ । तथा सफलता र असफलता दुवैमा समभाव राख्छ त्यो मान्छे कुनै पनि कर्म बन्धनभन्दा माथि रहन्छ ।’
हुन त अनुकूल र प्रतिकूल परिस्थितिमा सन्तुलन राख्न मुस्किल छ । तर, अभ्यास गरे भने सजिलो सित हामी मनलाई सन्तुलित राख्न सक्छौं । कर्मबन्धन नै दुःखको कारण छ यस कुरालाई हामीले याद राख्नुपर्छ ।
स्थिति, परिस्थिति र व्यक्ति मानवीय तनावको यो तीनवटा कारण छ । यसबाट मुक्तिका लागि दुईवटा उपाय छन् । पहिला समझ र दोस्रो ध्यान । जसरी कम्प्युटरका डाटा सुरक्षित राख्न हामी एन्टिभाइरस लगाउँछौं, त्यस्तै हाम्रो मनमा पनि ध्यान र समझको एन्टिभाइरस लगाउनुपर्छ । समझ भन्नाले दैनिक जीवनमा अनुभव र ज्ञान को उपयोग गर्ने । ध्यान भन्नाले दैनिक जीवनमा मन शान्त गर्न प्रयोग गर्ने कुनै पनि एउटा विधि ।
भगवान् शिवको विज्ञान भैरवतन्त्र किताबको अनुसार १०८ प्रकारको ध्यान विधिहरू छन् । यिनीहरूमध्ये कुनै पनि एउटा ध्यानविधिको प्रयोग गरेर हामी यसको लाभ लिन सक्छु । सम्पूर्ण जगत्का सबै मानिसहरूको आन्तरिक कामना एउटै छ । त्यो कामना छ सुख, शान्ति, सफलता, सम्मान, सुरक्षा र सहयोग । सम्पूर्ण मानिसमा तीन प्रकारको चेतना छन् । त्यसमध्ये केही मानिस ब्रह्मको आनन्द (ब्रहमानन्द) लिन छ वा लिने प्रयास मा रहन्छ । यिनीहरू मस्त रहन्छन् । केही मानिस प्रेमको आनन्द (प्रेमानन्द, यो लोग्ने–स्वास्नीको प्रेम होइन) लिन्छ वा लिने प्रयास गर्छ । यसअन्तर्गत प्रकृति प्रेम, आफनो चाहनाप्रति प्रेम तथा रुचिअनुसार घुम्ने, खाने व सौख पूरा गर्ने हुन्छ ।
आनन्दबाट मनुष्य जन्मिएर आनन्दमा बाँचिरहेको छ र अन्त्यमा आनन्दको महासागरमा विलिन हुन्छ
यसमा देशभक्त, कवि, लेखक तथा कलाकार आउँछ । यिनीहरू व्यस्त रहन्छन् । केही मानिस सांसारिक वा भौतिकताबाट आनन्द लिने असफल प्रयास गर्छ । यिनीहरू त्रस्त रहन्छन । यसबाट साबित भयो कि आनन्द हामीलाई जसरी पनि चाहिन्छ । कसैले आनन्दका लागि आध्यात्मको बाटो लाग्छ । कोही खराबका सिसीभित्र लिने प्रयास गर्छ । अब प्रश्न उठछ कि हामी आनन्दको खोजीमा किन्न लागेका छांै । यसको उत्तर छ, जब हामी नौ महिनासम्म आमाको गर्भमा रहन्छांै त्योबेला हामीलाई दिव्य आनन्दको अनुभूति भइरहन्छ । यस कारण आनन्द हाम्रो दानमा नै छ । उपनिषद्का अनुसार ‘आनन्दबाट मनुष्यको जन्म भएछ । आनन्दको लागि बाँचिरहेछ र अन्तमा आनन्दको महासागरमा विलीन हुन जान्छ ।’ महायोगी र महातपस्वीहरूले आनन्दलाई नै भगवान् भन्नुभएको छ । हो पनि किनकि सत्यम् शिवम् सुन्दरमको मतलब पनि यही नै हुन्छ । सत्य नै शिव छ र शिव नै सुन्दर छ । अब हामीलाई बुझ्नु र सम्झनुपर्छ कि जुन आन्तरिक आनन्दको प्यास हामीलाई छ र आआफ्नो क्षमता र समझअनुसार खोजी रहेका छौं, त्यो बाहिर कुनै पनि ठाउँमा छैन । त्यो दिव्य आनन्द हामीभित्र छ । यो बुझन सांसारिक वा आध्यात्मिक जगत्मा ध्यान–साधनाबाहेक कुनै उपाय नै छैन । ध्यान–योगको कुनै पनि धर्मसित सम्बन्ध छैन यो शुद्ध विज्ञान हो, जसरी विज्ञान कारण र परिणामबाट प्रारम्भ हुन्छ । त्यस्तै, कसैले पनि ध्यान गरेर यसको लाभ हेर्न सक्छ । ध्यानयोगको सम्बन्ध कुनै धर्म विशेषसित छैन यस कारण सर्बधर्मका मानिसबिना हिचक वा झिझक यसको प्रयोग गर्न सक्छ र गरिरहेको पनि छ । कुनै पनि व्यक्ति दैनिक १५ मिनटको अभ्यास गरेर यसको चामत्कारिक लाभ पनि हेर्न सक्छ । तर, कम्तीमा ४५ दिन गरेपछि मात्र यसको प्रभाव हेर्न सकिन्छ । वर्तमान समयमा सर्वधर्मका व्यक्ति ध्यान–साधना गरिरहेका पनि छन् । डाक्टर पनि ध्यानसाधनाका लागि सल्लाह दिइरहेका छन् । औषधि निर्माता कम्पनीहरू मेडिटेसन म्युजिक पनि निकालिरहेका छन् । हामी कहाँबाट आएका हौं र मरेपछि कता जान्छौं । यी सबै प्रश्नको जवाफ ध्यान–योगसित छ ।
ध्यानको वैज्ञानिक प्रभाव
शरीर राम्रोसँग व्यवस्थापन गर्न विभिन्न प्रकारका हर्मोन र रसायनले प्रभाव पार्छ । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्यता, आत्मविश्वास, समझ र शांतिमा वृद्धि हुन्छ । तर, विशेष कुरा के छ भने जब मन शान्त रहन्छ, त्योबेला र जब हामी गहिरो निदमा रहन्छौ त्यसबेला मात्र ल्यान्डहरूले विभिन्न हर्माेनको श्राव गर्छ । यो हार्मोनले नै मानसिक शान्ति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम सन्तोषको अनुभूति गराउँछ । यति मात्र होइन विवेक, सन्तुष्टि र सकारात्मक सोचमा पनि वृद्धि गर्छ ।
वर्तमान भागदौड, अस्तव्यस्त तथा अत्यधिक प्रदूषित वातावरण भएका कारण ग्ल्यान्डको कार्यक्षमता असन्तुलित भइसकेको छ । निद्रा पनि राम्रो लाग्दैन । जुन बेला निद्रा आउँछ त्यसबेला सुत्नेका लागि समय रहँदैन र सुत्नेको समय पाउनेबेला निद्रा नै रहँदैन । यसअति नै जटिल समस्याबाट मुक्तिका लागि हामीलाई दैनिक एउटा ध्यान साधना गर्नुपर्छ ।
माइन्ड म्यानेजमेन्ट मेडिटेसन टेक्निक
हुन त जुनबेला पनि ध्यान गर्न सकिन्छ तर प्रातःकाल र निश्चित समयमा ध्यान गर्न धेरै उपयुक्त हुन्छ । ध्यान प्रारम्भ गर्न पहिला कति मिनटका लागि ध्यानमा बस्नुहुन्छ यो मनमा सोच्न पर्छ । किनकि, यो सोचेपछि समय पूरा भएपछि हाइपोथेलेमसले संकेत गरी दिन्छ ।
कम्प्युटरका डाटा सुरक्षित राख्न एन्टिभाइरस लगाए झैं हाम्रो मनमा पनि ध्यान र समझको एन्टिभाइरस लगाउनुपर्छ
खुकुलो लुगा लगाएर सुखासनमा सुखपूर्वक लगातार १५ मिनटसम्म आँखा बन्द गरेर बसिराख्ने । बसेपछि आमाबुबाको अनुहार सम्झिने, सबैको कल्याण होस् सबैको जीवन सुखी होस् हामी यसको मंगलकामना गर्दछु यो प्रार्थना गर्ने, त्यसपछि आफ्नो अनुहारलाई सम्झिने । त्यसपछि आसपासको सबै प्रकारको आवाजहरूलाई सुन्ने । पहिलो चरणमा लगातार ५ मिनेटसम्म नाकबाट तीव्र गतिले गहिरो र लामो स्वास लिने र छोड्ने त्यसपछि १० मिनेटसम्म एकदम शान्त र शिथिल भएर स्वतः चलिरहेको स्वासमाथि पूर्णरूपमा ध्यान लगाउने । आफूतर्फबाट लामो र सानो प्रयास न गरिने प्रत्येक स्वासप्रस्वासलाई अनुभव गर्दै जाने । ध्यान गर्नेबेला मनमा विचारको प्रभाव तेज हुन्छ तर तपार्इं त्यस विचारलाई राम्रो वा न राम्रो न भन्नुहोला ।
यसको नियमित प्रयासबाट विचार हराउँदै जान्छ । प्रत्येक दिन चेतनाको स्तरमा स्वच्छता आउँदै जान्छ । चुँकी २४ घन्टामा १४४० मिनट हुन्छ । तर, १५ मिनेट निकाल्न पनि हामीलाई गाह्रो हुन्छ । प्रतिदिन हाम्रो मनले दुईवटा बहाना बनाउँछ । तर जबसम्म गर्नुहुन्न । हाम्रो जीवन स्वस्थ, सुखी र आनन्दित हुन सक्दैन । कति दिनसम्म हामी यस पृथ्वी ग्रहमा रहनेछौ हामीलाई थाहा छैन तर एकदिन रहँदैन यो सबैलाई थाहा छ । यस जीवनको रहस्यलाई बुझन आजदेखि ध्यान साधना गर्नुस् । जीवनको कुनै पनि समस्याको समाधान सँगैसँगै आउनेछ । धेरै समस्या र तनावका कारण हामी गलत क्रियाकलाप गर्छौं । भन्नाले गलत सोच, अशुद्ध भाव, तथा नकारात्मक विचार । जसरी पानी तलतिर भाग्छ र आगोको लप्का माथितिर जान्छ त्यस्तै मनको पनि स्वभाव हो तलतिर जाने । यसलाई माथि उठाउन ध्यानको शक्तिको आवश्यकता पर्छ । आध्यात्मिक जगत्मा सांसारिक समस्यासित मुक्तिका लागि ध्यान नै प्रथम र अन्तिम बाटो छ ।
यसको लाभः
अनावश्यक इच्छा र विचारसित मुक्ति, तनाव र अवसादबाट मुक्ति, इम्युन शक्तिमा वृद्धि, उच्च र निम्न रगत दबाबलाई सन्तुलित तथा दर्द र अनिद्राबाट मुक्ति । यसबाहेक एकाग्रता, धैर्य, आत्मविकास, स्मरण शक्ति र शान्तिमा वृद्धि गर्छ ।
(लेखक माइन्ड म्यानेजमेन्ट इन्टरनेसनलको निर्देशक हुनुहुन्छ)






