काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले प्राडा दीर्घराज आरसीलाई ‘फेलोसिप इन अर्थाेप्लास्टी’ विषय उपसमिति संयोजकको जिम्मेवारी दिएको छ ।
वीर अस्पताल र सिभिल अस्पतालका निर्देशक रहिसकेका प्राडा आरसीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्को ९८औं बैठकको निर्णयअनुसार सो जिम्मेवारी दिइएको हो ।
प्रतिष्ठानले अर्थाेप्लास्टी विषयमा संलग्न शिक्षक समावेश गरी विषय उपसमिति बनाउने जिम्मा पनि प्राडा आरसीलाई दिएको छ । सो कार्यक्रमको सञ्चालन एमएस अर्थाेपेडिक्स एन्ड ट्रमा सर्जरी विषय समितिको समन्वयमा उपसमितिले गर्ने भएको छ ।
संयोजकको जिम्मेवारी पाएका प्राडा आरसीले अब नेपालमा पनि सरकारीस्तरमै हाडजोर्नी प्रत्यारोपणसम्बन्धी फेलोसिप सुपर स्पेसिलाइजेसन सेवा सञ्चालन गर्न यसले महŒवपूर्ण भूमिका खेल्ने बताए । एमबीबीएस, एमएस (अर्थाे) अर्थाेपेडिक प्रो ग्य्राजुएसन गरेका डाक्टर यसमा सहभागी हुनेछन् ।
यो फेलोसिप सुरु भएपछि नेपाली अर्थाेपेडिक डाक्टरले विदेशमा गएर लाखौं पैसा खर्च गरी तालिम लिनुपर्ने बाध्यता कम हुने प्राडा आरसीले बताए ।
प्राडा आरसीले नेपालमा हाडजोर्नी प्रत्यारोपणमा निकै ठूलो भूमिका खेल्दै आएका छन् । उनले सयौंको हिप र घुँडा प्रत्यारोपण गरिसकेका छन् । डा आरसी नेपाल अर्थाेपेडिक कमिटीका संयोजक पनि हुन् ।






