माओवादीे केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’bout छलफल गर्ने एजेन्डा रहेको थियो । तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठकको अघिल्लो दिन स्थगित गर्नुपरेको माओवादी स्रोतले जनाएको छ । यस्तै, बैठकमा एमसीसी परियोजना’bout समेत विवाद हुन सक्ने भएकाले बैठकलाई पर धकेल्ने काम भएको हुन सक्ने दाबी स्रोतको छ ।

एमसीसी परियोजना’bout सत्तारूढ पाँच दलीय गठबन्धनभित्र समेत विवाद छ । एमसीसी सचिवालयलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा पत्र लेखेपछि विवाद झन् बढ्दै गएको छ । यद्यपि, प्रचण्डको सचिवालयले एमसीसी परियोजनाको सर्त संशोधन नगरी पारित गर्न नसकिने भन्दै प्रस्टीकरण दिएको छ ।

तर, ढकालले कोभिड संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित भएको दाबी गरेका छन् । ‘कोरोनाको संक्रमण अझै घटिनसकेको र यो अवस्थामा बैठक गर्न नहुने भन्ने सुझाव आएपछि स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन । अवस्था सहज भएपछि बैठक बस्छ होला’ ढकालले भने ।

मधेसवादी दल विदेशीले बनाए : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले मधेसवादी दल विदेशी शक्तिले बनाएको दाबी गरेका छन् । २०६३ सालमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि बनेका मधेसी दल विदेशी शक्तिले बनाएको दाबी उनले गरेका छन् ।

बिहीबार रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला, वडा अध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो दाबी गरेका छन् । मधेसलाई माओवादीमय बन्नबाट रोक्न विदेशी शक्तिले मधेसवादी दल गठन गरेको प्रचण्डको भनाइ छ ।

‘मधेस माओवादीमय भयो भने नेपालै माओवादी भयो, माओवादी र उसको विजय यात्रालाई कसैले रोक्नै सक्दैन भन्ने ठानेर नै निकै ठूलो षड्यन्त्रअन्तर्गत केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही र कपिलवस्तुमा पनि त्यस्ता खालका घटना भए’ अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक रूपले यति ठूलो भ्रम छरियो कि माओवादीले केही पनि गर्दैन । मधेसीका निम्ति मधेसी पार्टी नै चाहिन्छ भनेर विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी ।’

प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमा, मजदुर किसानदेखि मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबैको पहिचान र अधिकार स्थापना गर्ने लडाइँमा माओवादी आन्दोलन र माओवादी नेतृत्वको निर्णायक भूमिका रहेको बताए ।

प्रचण्ड–कोइराला भेटघाट
यसैबीच, अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटघाट भएको छ । प्रचण्डसँगको भेटघाटमा कोइरालाले स्थानीय चुनावमा माओवादीसँग गठबन्धन नहुने स्पष्ट गरेका छन् ।

बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा कोइरालाले यस्तो बताए । यद्यपि, कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने’bout कुनै निर्णय गरेको छैन । पाँच दलीय गठबन्धनको आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । कांग्रेसभित्र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा कोइराला समूह रहेको छ ।

कोइरालाले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने बताएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए । थपलियाका अनुसार दुई नेताबीचको भेटमा आगामी निर्वाचन, संसद् सुचारु लगायतका विषयमा छलफल भएको थियो ।

माओवादी र नेकपा एकीकृत समाजवादीका नेताले सत्तण गठबन्धन निर्वाचनपछि सम्म कायम रहेन र निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन् । कोइरालाले यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटघाट गर्दै पछिल्लो राजनीतिक अवस्था’bout छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी