उद्योगीले रोके चिनी बिक्री

काठमाडौं । अझै होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरूले नमानेको एक व्यापारीले बताए ।

उनले पुरानो अर्डरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै नतोकिएको भन्दै दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको बताए । उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकेजी ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको ती व्यापारीहरूको आरोप छ ।

नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्सका अध्यक्षसमेत रहेका फुँयालका अनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । उनले नयाँ चिनी नआएको मूल्य बढ्ने जानकारी भने आएको बताए । बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।

उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको जानकारी आफूले पाएको तिमिल्सनाको भनाइ छ । चिनी जस्तो अत्यावश्यक वस्तुको बिक्री मूल्य बढाउनकै लागि यसरी बिक्री रोक्नु अपराध भएको भन्दै उनले यस’bout आफूहरूले अनुगमनकारी निकायमा जानकारी गराएको बताए ।

स्वदेशी चिनी मिल तथा उत्पादक उद्योगीको छाता संस्था नेपाल चिनी उद्योग संघले विदेशबाट आयात बढेका कारण अहिले यहाँका चिनी उद्योगीहरू संकटमा पर्दै गएको बताएको छ । नेपालमा उत्पादित चिनीको बिक्री न्यून हुनु र लागतभन्दा घटी मूल्यमा बिक्री गरेकाले अहिले स्वदेशी चिनी उत्पादक उद्योगहरूलाई संकट उत्पन्न भएको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 526 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'