किसानका माग सम्बोधन नभए निर्वाचन रोक्ने जनमत पार्टीको चेतावनी

सप्तरी, राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग अघि सार्दै मंगलवार यहाँस्थित जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको सो ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि बढाइए सो प्रक्रिया रोक्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

पार्टीका जिल्ला अध्यक्ष चन्दैश्वर मण्डलको अगुवाईमा निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीलाई बु्झाइएको ज्ञापन पत्रमा पार्टीले उठाउँदै आएको किसानको समस्या समाधानको ठोस पहल हुनु पर्ने,निर्वाचनका पदाधीकारी र कर्मचारी कुनै पनि दलको पक्षमा नलागी स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन काममा खटिनु पर्ने,परिचय पत्र हराएका वा नष्ट भएका मतदातालाई नयाँ परिचय पत्र बनाउनु पर्ने र नागरिक्ताको आधारमा पनि मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै निर्वाचन आयोगमा दर्ता रहेका र चुनाव चिन्ह पाईसकेका दलहरुलाई अगामी स्थानीय तहको निर्वाचनमा देशभरी सोही चुनाव चिन्हको आधारमा निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नू पर्न लगायतका माग अघि सारिएको छ । ज्ञापन पत्र बुझाउन अघि जनमत पार्टी नेता कार्यकर्ताले सदरमुकाम राजविराजमा किसानसंग सम्बन्धित मागहरु अविलम्व पुरा गर्न माग गर्दै प्रर्दशन समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम