प्रदेश २ लाई विशेष दर्जा माग गर्दै संसद् मा प्रस्ताव दर्ता

काठमाडौं । सत्तारुढ नेकपाका सांसद प्रभु साहले प्रदेश–२ लाई ‘विशेष प्रदेश’ घोषणाको गर्दै संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बिहीबार संघीय संसद्मा दर्ता गराएको प्रस्तावमा प्रतिपक्षी दलका नेताहरू समर्थन जनाएका छन् । प्रस्तावको प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंह, राजपाका नेता लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले समर्थन गरेका हुन् ।

‘सामाजिक न्याय तथा समानतामा आधारित समानतामूलक समाज निर्माण तथा देशको सबै हिस्सामा बराबर विकासको लहर सिर्जना गर्न मुख्यतः प्रदेश २ र आवश्यकता एवं औचित्यका आधारमा कर्णालीलगायत प्रदेशलाई समेत विशेष दर्जाको राज्य घोषणा गरी संघीय सरकारबाट अन्तर्राष्ट्रिय प्रचलनबमोजिम विशेष अनुदान प्याकेज लागू गर्नुपर्ने आवश्यकता देखिएकाले,’ प्रस्तावमाथि छलफल गर्नुपर्ने कारणमा भनिएको छ । प्रस्तावमा विगतमा मधेस शिक्षा, व्यापार, उद्योग धन्दा, कृषि तथा स्वास्थ्यको आधारभूमि रहेको उल्लेख गर्दै अहिले ती सबै क्षेत्रमा प्रदेश २ कमजोर बन्दै गएको उल्लेख छ ।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका साहको प्रस्तावमा लेखिएको छ,‘तुलनात्मक रूपमा हेर्दा पनि वाग्मती प्रदेशको प्रतिव्यक्ति आय १०९४ अमेरिकी डलर छ भने प्रदेश २ को प्रतिव्यक्ति आय ५७० अमेरिकी डलर मात्र छ, जुन हाम्रो देशको औसत प्रतिव्यक्ति आय १००४ अमेरिकी डलरभन्दा पनि धेरै कम छ ।’ प्रदेश २ मा गरिबी सूचकांक, औसत गरिबी प्रतिशत तथा समग्र मानव विकास सूचकांक पनि कमजोर रहेको तथ्यांक पेस गरिएको छ ।

त्यस्तै, मृत्युदर क्रमिक रूपमा बढेको, बजेट पनि फ्रिज हुने गरेकोलगायत अवस्था पनि चित्रित गरिएको छ । सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपालको संविधानलाई सही अर्थमा कार्यान्वयन गर्न सो प्रस्ताव पेस गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीमा बाढीको जोखिम कायमै