‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ अर्थात् सार्स–सीओभी–२ जस्तो भाइरसको संक्रमण सम्भवतः कुनै वैज्ञानिक त्रुटिको परिणाम अथवा आविष्कार पनि हुनसक्छ । सन् २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यस भाइरसको उद्गम र प्रभाव’bout धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् । कोरोनाको उत्पत्ति’bout ‘बायो टेरोरिज्म’ जस्तो संवेदनशील र विवादास्पद सिद्धान्त चर्चामा आउनु पनि स्वाभाविक नै हो । खासगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएपछि यस महामारीप्रति मानिस सतर्क हुँदै आएका हुन् ।
एक्कासौं शताब्दीको सुरुमा निकै सतर्क भए पनि यही कोरोना भाइरसले हाल निकै सताइरहेको छ
चीन, रुस, विभिन्न अरबियन देश र सिरियाले चीनमा फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजराइललाई दोष दिइरहेका छन् । उता अमेरिका भने यसका लागि चीनलाई नै आरोपित गरिरहेको छ । दुवैथरी आरोप प्रत्यारोपणका बीच सबैभन्दा रोचक कुरा के छ भने आफ्नो आरोपलाई पुष्टि गर्नसक्ने प्रमाण कसैसँग पनि छैन । सबैसँग आआफ्ना ढपली, आआफ्ना राग पाराका एकहोरो तर्क मात्रै छन् । धेरै जनालाई स्मरण होला, सन् १९८० ताका रुसले एचआइभी भाइरसका लागि पनि अमेरिकालाई आरोपित गरेको थियो ।
अहिलेसम्मको वैज्ञानिक अनुसन्धानअनुसार कोरोना भाइरसको उत्पत्ति चिनियाँ सहर वुहानको समुद्री जीव तथा जानवर बजारबाट भएको हो । चीनको यो बजार जंगली जीवहरू जस्तै, सर्प, रैकुन र दुम्सीजस्ता जीवहरूको अवैध व्यापारका लागि चर्चित छ । अरब जगतको मिडियाले अमेरिका र इजराइलले चीनविरुद्ध मनोवैज्ञानिक तथा आर्थिक युद्धको उद्देश्यले सार्स–सीओभी–२ नामक यस जैविक हतियारको प्रयोग गरेको आरोप लगाएका छन् । सार्स–सीओभी–२, कोभिड–१९, नोभेल कोरोना भाइरस आदि शब्द सर्वसाधारणका लागि नयाँ हुन् । तर, विज्ञान क्षेत्रसँग सम्बधित र विज्ञानमा रुचि राख्नेहरूका लागि कोरोना भाइरस कुनै नयाँ शब्द होइन । सन् २००२ देखि २००३ का बीचमा जसरी ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ सार्सले विध्वंश मच्चाएको थियो, त्योभन्दा ठूलो महामारी बनेर अब नोभेल कोरोना भाइरस आएको छ ।
युनान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकन हजारौं किलोमिटर टाढा बस्ने मानिससम्म चमेरोबाट यो सार्स भाइरस कसरी आइपुग्यो
सन् २००३ को मे १६–१७ तारिखमा विश्व स्वास्थ्य संगठनले सार्स महामारी’bout स्विटजरल्यान्डको जेनेभामा पहिलो अन्तर्राष्ट्रिय बैठक आयोजना गरेको थियो । उक्त बैठकका दुई प्रमुख उद्देश्य रहेका थिए ।
यस भाइरसद्वारा उत्पन्न महामारीलाई लिएर बृहत दस्तावेज सेन्सस डकुमेन्ट तयार गर्नु र महामारी विषयका अनुसन्धानको योजना तर्जुमा गर्नुका साथै यस विषयका जानकारीमा रहेका त्रुटि खोजेर तिनको निवारण गर्नु हो ।
यस’bout एक्कासौं शताब्दीको सुरुमा निकै सतर्क भए पनि यही कोरोना भाइरसले हाल निकै सताइरहेको छ । यसका विभिन्न भेरियन्टले पीडा, त्रास र यातना दिइरहेका छन् । यसले ५० लाखभन्दा बढीलाई मृत्युको मुखमा धकेलिसकेको छ । यस्ता भाइरसको खोजी र अनुसन्धानको सन्दर्भमा त्यति बेलै दक्षिण–पश्चिम चीनको युनानमा एउटा गुफामा यस्ता चमेरोको प्रजाति पाइएको थियो । यसमा रहेको सार्स भाइरस मानव संस्करणका सार्स भाइरससँग मेल खाइरहेको थियो ।
त्यो चमेरो भेटिएपछि त्यहाँ अनुसन्धानकर्ताले पाँच वर्ष बिताए । त्यहाँका चमेरोमाथि सूक्ष्म निगरानी गरे । तर, अनुसन्धान कर्ताका लागि अहिले आश्चर्यको कुरा के छ भने युनान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकन हजारौं किलोमिटर टाढा बस्ने मानिससम्म चमेरोबाट यो सार्स भाइरस कसरी आइपुग्यो ?






