निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद : कँडेल

काठमाडौं । पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुने टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् ।


उनले भने, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तिम चरणमा पुगेका छन्, नेपाल सरकारले पनि छिट्टै सञ्चालनमा आउने घोषणा गरेका छन्, यस्तो अवस्थामा ती दुवै विमानस्थल चलाउनका लागि हामीलाई दक्ष जनशक्ति तयार पार्नुपर्छ, म सरकारलाई यही सुझाव दिन्छु ।’


उनले विमानस्थल बनाएर मात्रै नहुने बताउँदै सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तर अर्थात् सम्बन्धित निकायबाट सञ्चालन अनुमति प्रमाणपत्रपनि पाउनुपर्ने सुनाए । उनले विश्वका अन्तर्राष्ट्रिय विमानस्थल जहिल्यै पनि नाफामा हुने सुनाउँदै पोखरा र भैरहवा नाफामा नजाउन्जुलेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउ खोज्नु राज्यको सम्पत्ति दुरुपयोग हुनु मात्रै भएको टिप्पणी गरे ।


कँडेलले दक्ष जनशक्ति उत्पादनका लागि आफूले राज्यलाई सघाउने बताउँदै कोही नेपालीहरुले चाहेमा एभिएसन तालिमका लागि नाम कमाएका दुबई र क्यानडाजस्तो देशमा निःशुल्क पठाइदिने पनि घोषणासमेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९