काठमाडौं । शनिबार अबेर साँझ काठमाडांैको नाचघरमा सम्पन्न दुई सौन्दर्य प्रतियोगितामा सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यस्मिना मल्ल ठकुरीले जितेकी छन् । यस्तै छैटौं मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले चुमेकी छन् ।
दक्ष इन्टरनेसनल प्रालिद्वारा आयोजित सो प्रतियोगितामा सिम ब्युटीफुल नेपालतर्फ फस्ट रनरअप तथा मिस पपुलर अनिता खत्री, सेकेन्ड रनरअप तथा बेस्ट स्किन खुस्बु अग्रवाल, थर्ड रनरअप तथा डिसिप्लेनको उपाधि अन्सु अर्यालले हासिल गरे ।
यस्तै, अन्य उपाधितर्फ विनिता रानाले क्याटवाक, बेस्ट स्माइल तथा मल्टी मिडिया च्वाइस शिल्पा बाजिको, फोटोजेनिक नम्रता अधिकारी, ट्यालेन्ट उर्मिला बस्नेत, बेस्ट डान्सर उषा घिमिरे, मस्ट एक्टिभ माया पान्डे, बेस्ट फिजिक अस्मिता बखरेल, बेस्ट पर्सनालिटी गीता प्रसार्इं, फेसन आइकन विनिता राना, बेस्ट हेयर रन्जना शाही घोषित भए ।
अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा मिसेस ब्युटीफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट ¥याम्पवाक माया श्रेष्ठ मतिना, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअल इन्दु कुँवर घोषित भए । यस्तै, म्यानेजमेन्ट च्वाइस र बेस्ट स्माइल उपाधि सुनिता शाही ठकुरीले, डिसिप्लेनको उपाधि सुमित्रा बज्राचार्यले र फोटोजेनिक उपाधि कल्पना पासवानले हासिल गरे ।
्
प्रतियोगिताका निर्णायकमा अभिनेता रमेश उप्रेती, नेपाल उड्यान प्राधिकरणका प्रबन्ध निर्देशक राजकुमार क्षत्री, गायक अंकित श्रेष्ठ, शिक्षासेवी पूर्ण लामा, डा. अर्पना शाह, सोना अमात्य र रेजिना तुलाधर थिए ।
सो कार्यक्रममा हास्य अभिनेता प्रेम पाण्डे, उत्तम केसी, अन्तर्राष्ट्रिय कोरियोग्राफर आश्विनी कान्त झा, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई सम्मानित गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन रोजिन शाक्यले गरेका हुन् । फाइनल समारोहमा अभिनेत्री साक्षी लम्सालले नृत्य तथा गायिका सरिता भारतीले गीत प्रस्तुत गरेका थिए ।
महिला र युवतीहरूको व्यक्तित्व विकास तथा प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता विगत सात वर्षदेखि आयोजना गर्दै आएको आयोजक तथा दक्ष इन्टरनेसनलका अध्यक्ष राज पाण्डेले बताए ।







