सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म

नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएकाे छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

epaper

ताजा समाचार

देशभरका सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र