एमसीसीका विषयमा बैठकमै दाहालको आलोचना हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई सर्वसम्मत निर्वाचित गरेको थियो । अन्य पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

माओवादी केन्द्रका नेता गणेश साहले केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने बताए ।

व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता संसद्बाट गत आइतबार पारित भएपछि माओवादी केन्द्रमा विवाद चर्किएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायतका नेता असन्तुष्ट छन् । श्रेष्ठ समूहले पछिल्लो अवस्था’bout छलफल गर्दै केन्द्रीय समितिको बैठकमा सहभागी हुने निष्कर्षमा पुगेका छन् ।

माओवादी केन्द्र स्रोतका अनुसार बैठकमा सहभागी भएर अध्यक्ष दाहालको कार्यशैलीको चर्को रूपमा आलोचना गर्ने असन्तुष्ट नेताहरूको तयारी छ । पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत सहमति गरेर एमसीसी पारित गर्ने रणनीति अध्यक्ष दाहालले बनाएपछि उनको आलोचना भइरहेको छ ।

महासचिव को ?
माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ । माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ ।

तर, महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । यसबीचमा केन्द्रीय समितिको बैठक बोलाउँदै स्थगित गरिएको थियो । एकपटक बसेको बैठकले अध्यक्ष मात्रै चयन ग¥यो ।

माओवादीको वैधानिक व्यवस्थाअनुसार पदाधिकारीको चयन केन्द्रीय समितिबाट हुन्छ । सर्वसम्मतबाट पदाधिकारी निर्वाचित गर्ने र त्यसो नभएको अवस्थामा केन्द्रीय समितिका सदस्य मतदानबाट निर्वाचित गर्ने व्यवस्था रहेको छ ।

अध्यक्षपछि शक्तिशाली र कार्यकारी पद महासचिव हो । महासचिव नै आउने दिनमा पार्टीको नेतृत्वसमेत गर्ने हो । सोही कारण माओवादीभित्र महासचिवका लागि दौडधुप तीव्र छ । अन्य पदाधिकारीका लागिसमेत नेताहरू लबिङमा रहेको माओवादी स्रोतको दाबी छ ।

महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महारा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतका नेता दौडधुपमा रहेका छन् । महरा र बस्नेतबाहेका नेताबीच महासचिवका लागि तीव्र प्रतिस्पर्धा रहेको छ । तर, महासचिव को हुने भन्ने कुरा अध्यक्ष दाहालको हातमै रहेको स्रोतको दाबी छ ।

गुरुङ, भुसाल, पुन र शर्माका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । यी नेताले आफंै सर्वसम्मत महासचिव हुनुपर्ने भन्दै अध्यक्ष दाहाललाई फकाउँदै छन् । माओवादी केन्द्रका एक नेताका अनुसार सर्वसम्मत महासचवि चयन नभएको अवस्थामा सबै आकांक्षीबीच निर्वाचन गराउने तयारी दाहालले गरेका छन् ।

महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूबीच प्रतिपस्र्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक जना महासचिव हुने चर्चा माओवादीभित्र रहेको छ । पुन र शर्माले एकअर्कालाई रोक्न आफंै महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारेको दाबी स्रोतको छ ।

बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरोसमेत चयन गर्नुपर्नेहुन्छ । माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । तर, महासचिवका आकांक्षी रहेका महरा महासचिव हुन नसकेको अवस्थामा वरिष्ठ उपाध्यक्ष हुनुपर्ने खोजेका छन् ।

यस्तै, महासचिव हुन नसकेपछि सोही पदका आकांक्षी नै उपाध्यक्ष बनाएर व्यवस्थापन गर्ने योजनामा दाहाल रहेका छन् । यस्तै, उपाध्यक्षका लागि गणेश साह, मातृका यादवलगायतका नेता आकांक्षी देखिएका छन् ।

दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्यमध्येबाट ल्याउने गृहकार्यमा दाहाल छन् । यद्यपि, पोलिटब्युरो सदस्य भइसकेकी शशि श्रेष्ठसहितका नेतालाई समेत पदाधिकारीमा ल्याउने ’boutमा छलफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन