मानवीय व्यवहार गर

रुसी सेनाले युक्रेनमाथि गरेको हमला र त्यसको युक्रेनले गरेको प्रतिरोधमा परी १० लाख युक्रेनी आफ्नो देश छाडेर विदेश पलायन भएका छन् । बख्तरबन्द गाडीसहित रुसी सेना युक्रेनको राजधानी किभतिर अघि बढ्दै गर्दा दुवैतिरका सेनामा हताहतीको संख्या बढ्दै गइरहेको छ । आक्रमण र प्रतिरोधको चपेटामा परेर सर्वसाधरण जनताले पनि ज्यान गुमाउन पुगेका छन् । रुसी सेना युक्रेनको दोनेस्क, खार्कोब हुँदै खेरसन पुग्दा युक्रेनमाथि रुसी हमलाको आठौं दिनसम्म ३ सय सर्वसाधारणसहित धेरै सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् । अहिले युक्रेनको राजधानी किभको बाहिरी भागमा भिडन्त भइरहेको र त्यहाँ बाक्लो बस्ती हुनुका कारण सर्वसाधरणको हताहती बढी हुने देखिएको छ । सार्वजनिक भवन तथा मेट्रो स्टेसनमा हवाई आक्रमण हुन थालेपछि स्थानीय जनता त्रसित हुन थालेका छन् । हमला’bout नयाँ स्याटलाइट तस्बिर सार्वजनिक भइरहेका छन् । अत्यावश्यक सामग्रीको अभाव खड्किँदै गइरहेको छ । सुरक्षाका लागि सार्वजनिक स्थनानमा मानिसको लामो लाइन लागिरहेको छ । भवन जलिरहेका छन् । हवाई हमलामा भएको निरन्तरताको आवाजले मानिस आतंकित भइरहेका छन् ।

युक्रेन छाड्न चाहने र छिमेकी देश हंगेरी, स्लोभाकिया र रोमानिया आदिमा प्रवेश गर्न चाहने मानिसको भीड लागिरहेको छ । ठीक यसै बेला रुसले तेस्रो विश्वयुद्ध आणविक र झन् विनाशकारी हुने चेतावनी दिन थालेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा रुसी हमलाविरुद्ध बारम्बार निन्दा प्रस्ताव पारित गर्न प्रयास गरिइरहेको छ । तर, यसमा रुसले भिटो प्रयोग गरिरहेको छ । तटस्थ रहने देश तटस्थ बसिरहेका छन् । भिटोको समर्थनमा रहेका देशले रुसको समर्थन गरिरहेका छन् । महाशक्ति अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरिरहेको छ । तर, रुसले आफ्नो आक्रमणलाई तीव्रता दिइरहेको छ । अहिले यो आक्रमण किन र कसरी हुन गयो भन्ने’bout सबैबीच बहसको विषय बने पनि यसका लागि विश्वका शक्ति राष्ट्र र युक्रेन आफंै दोषी छन् । शक्ति राष्ट्रहरू साना राष्ट्रलाई अचानो बनाएर आफ्ना स्वार्थ सिद्ध गर्न चाहिरहेका देखिन्छन् भने साना राष्ट्र पनि शक्ति राष्ट्रको आडमा एक अर्कालाई उत्तेजित पार्ने काम गरिरहेका छन् ।

युक्रेन अहिले आफैंमा सार्वभौम देश भए पनि यसले १२औं शताब्दीदेखि अभिन्न रहँदै आएको र सन् १९९१ म मात्र भिन्न भएको रुसलाई चिढ्याउने र उसका विरुद्ध पश्चिमा राष्ट्रसँग गठबन्धन गर्ने काम गर्दै आयो । युक्रेन स्वयंले रुसले बारम्बार सम्झाउँदा र अनेकन सम्झौता तथा वार्ता गर्दा पनि युक्रेनले रुसको चासोमाथि विचार गरेन । पछिल्लो समयमा पश्चिमा राष्ट्रको सैन्य गठबन्धन ‘नेटो’मा आबद्ध हुने प्रक्रिया थालेपछि रुस युक्रेन आक्रमणमा उत्रिएको देखिन्छ । यो आक्रमणलाई रोक्न अहिले कुनै पनि पश्चिमा राष्ट्रहरू भौतिक रूपमा तयार देखिएका छैनन् । उता रुसले यदि कुनै पनि देश युक्रेनको पक्षमा भौतिक रूपमा उभिएमा उसमाथि आणविक हमला गरिने धम्की दिइरहेको छ । यसले यदि रुस–युक्रेन युद्धले तेस्रो विश्वयुद्धको रूप लियो भने यो निकै विध्वंक र भयाबह हुने देखिएको छ । त्यसैले अहिले चलिरहेको रुस–युक्रेन युद्धमा शक्ति राष्ट्रहरू थपिने र यसलाई विश्व युद्धको स्वरुपमा विस्तार गर्ने भन्दा पनि यो युद्धलाई मानवीय दृष्टिकोणबाट समीक्षा गरेर यसको शान्ति र वार्तामार्फत् समाधानको बाटो खोज । मानवीय व्यवहारलाई नबिर्स ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

ड्युटीमै रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारलाई कारवाही गर्न मन्त्रालयको निर्देशन