‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने

काठमाडाैं । कथानक चलचित्र प्रेमगञ्ज भदाै ३ मा प्रदर्शन हुने भएकाे छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका  शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको हाे । 

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।
यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु