परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव भेटियाे

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । नामथर वतन नखुलेकी अन्दाजी ३५-४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो ।

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 511 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी