कर्म, कुकर्म र मर्मको शक्तिकेन्द्र काठमाडौं

हाम्रा आदिकवि भानुभक्त आचार्यले अलकापुरी, कान्तिपुरी नगरीको नाम दिएको काठमाडांै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मृत्युपश्चात राजनीतिक कर्म, कुकर्म एवं षड्यन्त्रको शक्तिकेन्द्र रहँदै आएको छ । बहादुर शाह र राजेन्द्रलक्ष्मीको राज्यकालदेखि दरबारमा हुर्किएको भाइभारदारको षड्यन्त्रकोे जालोले जंगबहादुरलाई राज्यसत्ता पु¥यायो । दरबारमा राजा कमजोर हुनु, रानी सत्ताशक्तिमा तल्लीन हुनु, गुटबन्दी खडा गर्नुलगायतका कारणले तत्कालीन समयमा राजनीतिमा कर्म, कुकर्म, अर्ध, अधर्म अनेक प्रकारका घटना घटित भएको इतिहास छ । भीमसेन थापालाई नेपालको इतिहासले सफल प्रधानमन्त्रीका रूपमा वर्णन गरे तापनि उनको राज्यसत्ता प्राप्तिको कहानी भने कुकर्म र षड्यन्त्रले भरिएको छ । आफ्नो हातमा शक्ति लिन उनले सयांैको संख्यामा बिरोधी भाइभारदारको हत्या गरेका थिए । यस हत्या प्रकरणमा दुई वर्षको बालकसमेत रहेको इतिहासका पानामा लेखिएको छ । भीमसेन थापाले हत्या गरेका शत्रुहरूको लासलाई टुव्रmाटुव्रmा पारेर गिद्ध र कुकुरलाई खुवाइएको थियो । यसरी उनी शक्तिमा पुगे । तर, मानिसको समय सधैं उस्तै रहँदैन । षड्यन्त्रको दुष्कर्मले केही समय काम गरे पनि उनको अन्त्य विरोधीको बदलाको भावनासँग गाँसिएको थियो । विपक्षले उनलाई जेलमा जान मात्र बाध्य बनाएनन्, जेलमा नै उनलाई अपमान गरिएकाले सहन नसकी घाँटी सेरर आत्महत्या गरे । ९ दिनसम्म छट्पटाएर प्राण त्यागेका भीमसेनको लासलाई जसरी उनले आप्mनो शत्रु ठानिएकाको मृत शरीरलाई टुक्राटुक्रा पारेर कुकुरलाई खुवाएका थिए, उनको लासलाई पनि त्यसै गरियो । यति मात्र होइन, शत्रु पक्षले भीमसेन थापाका परिवारलाई काठमाडांैदेखि गोरखासम्म नांगो खुट्टाले हिडाउने र उनका सन्तानलाई सात पुस्तासम्म सरकारी जागिरबाट बहिष्कार गर्ने नियम बनाएका थिए ।

काठमाडांैमा सिर्जना हुने राजनीतिक कुकर्म अहिले मात्र हुने गरेका होइनन् । राजेन्द्रविव्रmम शाहकी रानीमा शक्तिस्वार्थको षड्यन्त्रका कारण कोत पर्व, भण्डारखाल पर्व र अलौपर्व जस्ता हत्याकाण्ड निम्तिए । जंगबहादुरले यी काण्डमा आप्mना शत्रुहरूलाई हत्या गरी देशको प्रधानमन्त्री बन्न सफल भए । उनले मुलुकको राज्यसत्ता आप्mनो हातमा लिई राणा परिवारमा सत्ताको बागडोर हस्तान्तरण गरे । काठमाडौंमा केन्द्रीत राणाको १०४ वर्षे शासनकाल पनि हत्या, हिंसा र षड्यन्त्रको भुमरीमा नै बितेको देखिन्छ । उनीहरूले जनतालाई आप्mनाविरुद्धमा बोल्न दिँदैनथे । विरोध गर्नेलाई झुन्ड्याएर मारिएका सहिदहरू इतिहासका साछी छन् । नेपालको इतिहासमा राणा पतनको एउटा कारण पनि उनीहरूको पारिवारिक झगडालाई मान्ने गरिन्छ । यसरी बहादुर शाह र राजेन्द्र लक्ष्मीको पालादेखि राज्यसत्तामा मडारिएको षड्यन्त्र, हत्या, हिंसा र कुकर्मको राजनीति अहिलेसम्म पनि कुनै न कुनै रूपमा अभ्यासमा छ । लोकतन्त्रमा पनि यसले छाडेन ।

प्रजातन्त्रलाई जनताले, जनताद्वारा जनताको लागि बनाएको शासन व्यवस्था भनिन्छ । तथापि, २००७ देखि २०१७ सम्मको प्रजातान्त्रिक अवधि प्रजातन्त्र जनताका लागि हुन सकेन । राजनीतिक खिचातानी र षड्यन्त्रकै कारण १० वर्षमा १० वटा सरकार परिवर्तन भए । २०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको प्रजान्त्रिक सरकारलाई विघटन गरी पञ्चायती व्यवस्था लागू गर्नु पनि राजनीतिक षड्यन्त्र थियो । २०३७ सालमा गरिएको जनमत संग्रहको चुनावी नतिजामा पनि काठमाडांैको षड्यन्त्रले काम गरेको थियो भन्ने गरिन्छ । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि देशको राजधानी काठमाडांैमा अनेक प्रकारका राजनीतिक कुकर्म र षड्यन्त्रका घटना हुँदै आएका छन् । मदन भण्डारीको हत्याकाण्ड हुँदै दरबार हत्या प्रकरणको तानाबाना बनाउने स्थलका रूपमा काठमाडांैलाई उपयोग गरियो । काठमाडौंमा हत्या प्रकरण मात्र हुने गर्दैनन् । हत्याको रहस्य पत्ता लाग्न सक्ने व्यक्ति पनि षड्यन्त्रकै सिकार भएका छन् । यसको एउटा दृष्टान्त मदन भण्डारीको गाडी चालक अमर लामाको रहस्यामय हत्या प्रकरण हो ।

प्रजातन्त्रको ३१ वर्षे कालखण्ड षड्यन्त्रकारीले जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात बनाए

काठमाडांै जनताका प्रतिनिधि बस्ने ठाउँ हो । प्रधानमन्त्री, राष्ट्रपति कुटनीतिक नियोगका व्यक्ति एवं व्यक्तित्वको कर्म थलो यही हो । देशलाई नेतृत्व गर्ने र नीतिनिर्माता बस्ने प्रशासनिक ठाउँ, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सिंहदरबार, प्रतिनिधिसभालगायत व्यवस्थापिका, कार्यपालिका, सर्वोच्च न्यायपालिका जस्ता देशका शक्ति केन्द्र भएको ठाउँ पनि यही हो । यी शक्ति केन्द्रहरूले गर्ने राम्रा वा नराम्रा कामको असर जनतामा पर्दछ । मुलुकको भाग्य र भविष्यको मार्गचित्र तयार हुने ठाउँहरू कुकर्म र षड्यन्त्रले मडारिएपछि यसको नकारात्मक मर्म भोग्न जनताहरू विवश हुनुपरेको छ । अर्बाैंका भ्रष्टाचारमा उल्लेखित ठाउँहरूमा बस्ने तालुकदारको नाम जोडिएको हुन्छ । बालुवाटार जग्गा प्रकरण, नारायणहिटी दरबारको बतास प्रकरण, पशुपतिको धर्मशाला काण्ड, ओम्नी, यतीलगायतका प्रकरणसँग जोडिएका कुकर्महरू यिनै शक्तिकेन्द्रबाट सिर्जित भएका छन् । लाउडा वाइडबडी, न्यारोबडी हुँदै सुन काण्डसम्म र अहिले जनविरोधी भनिएकोे एमसीसी प्रकरणको डिजानकेन्द्र पनि हो काठमाडौं ।

त्यसो त नेपालको राजधानी काठमाडौंमा सुकिला, मुकिला, पढेलेखेका, जानेबुझेका बुद्धिजीवी, विज्ञ, विशेषज्ञ, राजनीतिज्ञ, कवि, कलाकार, लेखक दार्शनिक, चिन्तक, धार्मिक गुरु, योगी सन्त महन्त आदि इत्यादि व्यक्ति एवं व्यक्तित्वको बसोबास छ । मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठामाडौं उपत्यका पशुपति, गुहेश्वरी, स्वयम्भु, दक्षिणकालीलगायतका मठमन्दिर छन् । धार्मिक दृष्टिकोणबाट हेर्दा यो ठाउँ अति धार्मिक, परोपकारी मानवबस्ती हो । काठमाडांैमा मन्दिरका घण्टहरू बजेको आवाज नसुनिने सायदै घरहरू होलान् । यस्तो तीर्थस्थल जस्तो ठाउँमा हुने कर्म, कुकर्म एवं स्वार्थका खेल भने न्यून कोटीका छन् । काठमाडांै बाँदरको घाउ जस्तो भएको छ । यहाँको घाउको दुखाइ मेचीदेखि महाकालीसम्म फैलिएको छ । हिमालदेखि तराईसम्म चस्किएको छ ।

मदन भण्डारीको हत्याकाण्ड हुँदै दरबार हत्या प्रकरणको तानाबाना बनाउने स्थलका रूपमा काठमाडौंलाई उपयोग गरियो

राजनीतिमा विकसित भएको दुष्कर्म पृथ्वीनारायण शाहको अन्त्यपश्चात झाँगिएको हो । अहिले काठमाडांै धर्म, संस्कार र संस्कृति नमान्ने राजनीतिक दलको कर्म थलो भएको छ । यो सहरमा नैतिकता, परोपकार, लोकलाज हराउँदै गएको छ । महान विचारक इमर्सनले सुखको स्रोत मानिसको हृदयमा हुन्छ भनेका छन् । यसको अर्थ भौतिक वा शारिरीक सुख मात्र सुख होइन भन्ने हुन्छ । तर, काठमाडांै भौतिकवादी चिन्तनको दलदलमा फसेको छ । कालो बजारी, चोरी, तस्करी, असुरक्षा तथा विचौलियाको कर्म थलो बनेको छ । यहाँ मानवता र दयाको भावना हराउँदै गएको छ । यो सहर पद, पैसा र स्वार्थको खेलमा नराम्ररी भासिएको छ ।

पाश्चात्य विद्वान एडविन पेगले त्यो मनुष्यभन्दा दरित्र अरू कोही छैन, जोसँग पैसा मात्र छ, भन्ने विचार राखेका छन् । महात्मा गाँन्धीले सच्चा सुख बाहिरबाट होइन, भित्रबाट मिल्छ भन्ने धारणा राखेको पाइन्छ । तथापि एडविन र गान्धीका भनाइ भ्रष्टहरूले मान्दैनन् । प्रशासकले वास्ता गर्दैनन् । यहाँ हुने धेरैजसो कुकर्महरू पद, पैसा र स्वार्थसँग गाँसिएका हुन्छन् । व्यक्ति वा समूहगत राजनीतिक स्वार्थको लेनदेनसँग साटिएका हुन्छन् । एकातिर नेपालका राजनीतिक दल स्वार्थमा अभ्यस्त छन् भने अर्कोतिर विदेशीले पनि आप्mनो स्वार्थका लागि यिनीलाई प्रयोग गरिरहेका छन् । अहिले संसद्बाट पास गरिएको एमसीसी परियोजनाभित्र पनि डलरको चलखेल भएका समाचार बाहिर आएका छन् । यदि, यसो हो भने नेपाल र नेपालीहरूमाथि ठूलो बेइमानी भएको छ । षड्यन्त्र भएको छ । यसको मर्म भावी पुस्ताले समेत बेहोर्नुपर्ने छ ।

यो जन्मभूमिलाई फुलाउने, फलाउने, संरक्षण गर्ने वा कस्तो बनाउने भन्ने कुरा राज्यलगायत हामी सबैको साझा दायित्व हो । प्रजातन्त्रको ३१ वर्षे कालखण्ड षड्यन्त्रकारीले जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात बनाए । हात्ती आयो हात्ती आयो फुस्सा बनाए । अब निर्वाचन आउँदै छ । पद, पैसा र षड्यन्त्रमा रमाएकाले फेरि जनतालाई छक्काउने, भूmठो बोल्ने काम गर्ने छन् । जनभावना नबुभ्mने, जनतालाई वास्ता नगर्नेहरूले गल्ती गरेको भए चारपाटा मोडेर थानकोट कटाए हुन्छ भनेका छन् । यी छद्मभेसीलाई थानकोटबाट होइन, चुनावी क्षेत्रबाट नै नेटो कटाऔं । काठमाडांैमा हुने जाल, झेल, कुकर्म एवं षड्यन्त्रमा रमाउनेलाई तपाईँ हामीले मत दिएर सिंहदरबारमा जाने अवसर प्रदान गरिदियौं । छेपाराले झैं रङफेर्न सिपालु यिनीहरू नै निर्वाचनको समयमा लोकलाज पचाएर नमस्ते गर्दै आउनेछन् । अब त अति भो । सचेत होआंै र यस्तालाई बहिष्कार गरौं । गधालाई धोएर गाई बन्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो