मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

मोरङ, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका लागि राजदुत भेरोनिका कोडीबीच (Veronica Cody) भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बिहान भएको भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका ’boutमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराइन् । यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको भन्दै संघीयता लागू भएका देशमा पनि कार्यान्वयनको चरणमा पुग्न समय लागेको चर्चा गरीन् ।

संघीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राखेकि थिइन् । उनले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्दै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन् ।

भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । ‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ, मुख्यमन्त्री राईले भने । प्रदेश संरचना नयाँ भएकोले शुन्य संरचनाबाट सुरु भएर दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार पारेको मुख्यमन्त्री राईले बताए ।

भेटवार्तामा सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल सहित राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क वीच (Elke Wisch) लगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान