चिकित्सकले भन्न थालेको छन् पहिलो दुई लहरमा कोभिड–१९ को उपचारका लागि प्रयोग गरिएका प्रायोगी थेरापी अब अपनाउनु ठीक न होला । हामी यसबेला कोरोना भाइरसको नयाँ एवं तीव्र संक्रमण भेरियन्ट ओमिक्रोनबाट उत्पन्न लहरको बेलामा छौं । जुन अन्तिम अवस्थामा पुग्न लागेको छ । अर्को लहर आउँछ, आउँदैन यसै भन्न सकिने अवस्था छैन । यसै कुरालाई दृष्टिगत गर्दै चिकित्सा एवम् महामारी विशेषज्ञहरुले पुरानो गल्ती न दोह¥याउन खास गरी उपचारसँग जोडिएका कुराहरु’bout सचेत गराएका छन् ।
कोरोनाका पहिला २÷२ लहरमा खास गरी यसका बिरामी उपचारका लागि हाइड्रो कसी क्लोरो क्वीन स्वाछोकसो साइकलीन एवं एन्टिवायोटिक्सको अत्याधिक मात्रामा प्रयोग थियो । त्यसबेला यी सबैको प्रभावशालितालाई लिएर प्रश्न पनि उठेको थियो । यद्यपि, अब यो निश्चित रूपमा भन्न सकिन्छ ।
कोरोना भाइसरबाट संक्रमित बिरामीको उपचारमा यीमध्ये कसैको पनि कुनै भूमिका थिएन । स्वास्थ्य विश्लेषक एवं महामारी विशेषज्ञले भनेको छन् । कोरोनाको पहिलो दुई लहरमा मानिसको बचाउनका लागि प्रयोगका रूपमा कुनै खास थेरापीको प्रयोग गर्नु सही थियो । जबकि अब हामीसँग कोभिड–१९ को उपचार’bout पहिलेभन्दा राम्रो जानकारी छ ।
पछिल्लो महिना विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा स्वास्थ्य लाभसँग जोडिएको प्राज्मा थेरापीको प्रयोगविरुद्ध सिफारिस गरेको छ । भनिएको छ कि यसको परिणाम अनिश्चित छ । अनि यसमा प्रयोग हुने उपकरण ल्याउन लैजान पनि सजिलो छैन । यो उपचार विधिले न त कोभिड–१९ बाट प्रभावित बिरामीको जीवित रहने सम्भावना बढाउँछ ।
हाम्रो उपचार तरिका बिरामीको मागअनुसार नभई रोगको निदानका आधारमा निर्धारित हुनुपथ्र्यो
न त मेकानिकल भेन्टिलेसनको आवश्यकता कम गराउँछ । साथै, यो महँगो एवं समय लाग्ने खालको उपचार विधि पनि हो । विशेषज्ञ भन्छन्, कोभिड–१९ का बिरामीको धेरैजसो उपचार खास गरी दोस्रो लहरका बेला बिरामीको मात्राअनुसार थियो । यद्यपि, हाम्रो उपचार तरिका बिरामीको मागअनुसार नभई रोगको निदानका आधारमा निधारित हुनुपर्दथ्यो ।
पछिल्लो दुई सालमा कोभिड–१९ को उपचार अलि केही सरल भएको छ । यस कुरालाई ध्यानमा राख्दै ओमिक्रोनको संक्रमण कोरोना भाइरसको पुरानो दुवै भेरियन्टको तुलनामा सामान्यतया हल्का छ । अब धेरैजसो बिरामीलाई तीनको घरमा नै आइसोलेट गरेको तीनको पुरानो रोग एवं कोरोना खोपको डोजका आधारमा उपचार गर्न सकिन्छ । रोगको गम्भीरताका आधारमा भएको उपचारका लागि विशेषज्ञले चार चरण’bout व्याख्या गरेका छन् ।
पहिलो चरणः
रेमेडिसिलभर, मोलनु पिराविट पैकसलोविड जस्ता एन्टिभाइरल जुन हालसम्म हामीकहाँ उपलब्ध छैन । भाइरसबाट संक्रमित भएको सुरुवाती चरणमा दिइनुपर्छ । जसले गर्दा संक्रमण नबढोस् ।
दोस्रो चरणः
उपचारको दोस्रो चरणमा संक्रमणको प्रभाव कम गर्नका लागि स्टेर्वायडस दिइन्छ । यो त्यति बेला हुन्छ । जब बिरामीलाई चिकित्सकीय दृष्टिमा अक्सिजन दिनुपर्ने हुन्छ । तर, यस’bout धेरै विवाद बहस भएको पाइन्छ । तथापि विशेषज्ञ यसको प्रयोग बिरामी भएको दोस्रो सप्ताहमा त्यो पनि चिकित्सकको निगरानीमा दिनुपर्ने हुन्छ । तर, दोस्रो चरणमा यसको अन्धाधुन्ध प्रयोग गरियो जसले गर्दा धेरै मानिसमा म्युकोट माइक्रोसिस ब्ल्याक फङ्सको संक्रमण देखिन पुग्यो ।
अन्धोले हात्ती छामेर व्याख्या गरेजस्तो भए छ कि भन्ने अवस्थामा हालको आवासीय चिकित्सा सेवा पुगेको छ
तेस्रो चरणमाः
तेस्रो चरणमा बिरामीमा रगतको थोप्ला बन्नबाट रोक्नुपर्ने छ । किनकि कोभिड–१९ का बिरामीका धमनीहरू एवं बादिकामा रगतको जमेका थोप्ला बन्ने आशंका बढेर जान्छ । यस्तो बेलामा अस्पतालमा तीनलाई यस्तो औषधी दिइन्छ । जसले रगतका थोप्ला बन्न रोकोस् । यिनलाई एन्टिकोआगलेसन औषधी भनिन्छ ।
चौथो एवं अन्तिम चरणः
चौथो एवं अन्तिम चरण तब आउँछ । जब बिरामीलाई आवश्यकताअनुसार उसका लागि अक्सिजनको मद्दत लिनुपर्ने हुन्छ । यस्तो बेला तिनलाई एन्टिबोडिज ककलेज पनि दिइन्छ ।
कोभिड–१९ को हालसम्मको लहरमा संक्रमितमा देखिएको लक्षण जतिलता एवं प्रयोग गरिएको उपचार विधि प्रविधिको तुलनात्मक समीक्षा गरिने हो भने भन्न सकिन्छ । पहिलो र दोस्रो लहरमा प्रयोग गरिएका विधि एवं प्रविधि अन्धोले हात्ती छामेर व्याख्या गरे जस्तो भए छ कि भन्ने अवस्थामा हालको आवासीय चिकित्सा सेवा क्षेत्र पुगेको छ कि जस्तो छ । उपचार विधि एवं प्रविधिका कारण नै कोभिड–१९ को संक्रमणवाट निको भएका बिरामीमा बाल्यकाल फंगस देखिनुले पुष्टि गर्दछ ।
यदि, कोभिड–१९ को आजसम्म सतहमा देखिएका भेरियन्ट एवं तिनको संक्रमणपछि बिरामीमा देखिएको लक्षणमा पारासिटामोल, पुनर्जलीयकरण भिटामिन खनिज मिश्रण पोसिलो आहारबिहार प्रयोगले पनि बिरामी निको भएका दृष्टान्त भेटिन्छन् । समुदायमा यदि अन्य कुनै शारीरिक दीर्घ रोगबाट ग्रसित नभएको अवस्थामा फेरि पनि कोभिड–१९ महामारीले बिरामीको उपचारमा हाल अत्याधिक प्रचलनमा रहेको उत्तरआधुनिक एन्टिवायोटिक एवं स्टेस्वाइडको प्रयोगले रोगीमा स्वास्थ्य अनुकूलता सहजता गराउनुका साटो बरु अन्य जटिलता थप्ने रहेछ भन्ने’bout चिकित्सा क्षेत्रमा आवासीय चिकित्सा सेवामा कार्यरत चिकित्सकले बुझ्नुपर्ने हुन्छ भन्ने कुरामा सचेत गराएको मात्र हो । भनिन्छ, नानीदेखि लागेको बानी हत्पत के छुट्ला र ?






