सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ठगी

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 710 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम