बेलबारी नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

मोरङ, ३० फागुन । मोरङको बेलबारी नगरपालिकको पाँचौं नगरसभा दुइ वटा ऐन पारीत गर्दै सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण सम्बन्धि ऐन पारीत गरेको हो । नगरसभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने र सार्वजनिक जग्गाहरुको संरक्षण सम्बर्धन वाटो खुलेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।

अहिलेसम्म गरीएका कामहरुको समेत समिक्षा गर्दै सभाले विभिन्न क्षेत्रको बिकास निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग बजेटको माग समेत गरेको छ । मेयर सुवेदीका अनुशार कोल्डस्टोर, आईसिटि सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको बिशेष कार्यक्रम, कृषि मार्ग, सामुदायीक भवन, हुलाकी मार्ग, मुल नहर कालोपत्रे, जनमार्ग, पृथ्वीमार्ग, वडा नम्बर ४ र ५ जोड्ने सडक निर्माणका लागि बजेटको ब्यवस्थापन गरिदिन प्रदेश तथा संघीय सरकारसँग नगरसभाले माग गरेको हो ।

यस्तै नगरसभाले फाहोरमैला ब्यवस्थापन र बिद्युत उत्पादनका लागि लिभ्रा टेक्नोलोजि कम्पनीसँग गरिएको सम्झौताको समेत अनुमोदन गरेको छ । केहि दिन अघि मोरङका ६ वटा पालिकाहरुले ३ वटा योजनाको एकै पटक सम्झौता गरेका थिए । त्यस योजनामा बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सम्झौता गरेका हुन् ।

सोलार प्यानलको प्रयोगवाट ६ वटा स्थानीयतहले ६० मेघावाट बिजुली उत्पादन गर्ने सम्झौतामा गरेका छन् । एक स्थानीय तहमा १० मेघावाट बिुजुली उत्पादन गर्ने गरी सम्झौता भएको हो ।
सभामा मेयर सुवेदीले जनप्रतिनिधिहरुलाई चौथो नगरसभाले गरेको वैशाख महिना भित्र बिकास निर्माणको काम सक्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी