हत्या गरिएका पुजारीको स्मृतिमा मठ-मन्दिरको उद्धघाटन संगै खेसरहिया बाजारको भयो नयाँ नामाकरण

गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा मठ-मन्दिरको उद्धघाटन गर्दै खेसरहिया बाजारको नाम श्रीराम चौक घोषणा गरेका छन् ।

गत वर्ष गोली हानी हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए । देवाही बागमती पुलबाट खेसरहिया हुँदै वीरेन्द्र राजमार्गमा जोडने सडक निर्माण अन्तिम चरणमा पुगेकोले शहरीकरण सम्भव रहेको पूर्वमन्त्री साहले घोषणा गरे ।

पूर्वमन्त्री साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भ‌ए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ‌। पुजारीकै हत्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारी प्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारीको हत्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो । बिना कुनै बजेट एक करोडभन्दा बढी लागतमा सो संरचना निर्माण भएको हो ।

कार्यक्रममा सो स्थानमा लाग्ने नयाँ बजार र चौकको नाम खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह इन्चार्ज उद्धव रेग्मी, कुन्दन कुशवाहा, मधेस प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह, , जिल्ला उपाध्यक्ष दिपक राय यादव, जिल्ला सचिव बाल बिक्रम कार्की, जिल्ला उप सचिव पलट चौधरी, रुपेश पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह लगायत ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम