सामुदायिक विद्यालयका १६२ जना छात्राहरूलाई साईकल वितरण

सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा सामुदायिक विद्यालयका १६२ जना छात्राहरूलाई साईकल वितरण गरिएको छ । प्रदेश सरकारको योजना बेटी पढाउ बेटी बचाउ कार्यक्रम भएपनि हाल सम्म गाउँपालिकाम एक थान पनि साईकल वितरण नभएकाले पनि आफुहरु प्रदेश सरकारको योजना अनुसार छात्राहरुलाई साईकल वितरण गरेको धनकौल गाउँपालिका उपाध्यक्ष अकली सहनीले जानकारी दिनुभयो ।

 

गाउँपालिकामा नेपाली काँग्रेसको जनप्रतिनिधि जितेको भन्दै प्रदेश सरकारले बिभेद गरी साईकल वितरण नगरेपछि प्रदेश सरकारको योजनालाई निरंतरता दिई गाउँपालिका अध्यक्ष राम आश्रेय साह र उपाध्यक्ष अकली सहनी गाउँपालिकाकै लगानीमा साईकल वितरण गरेको स्थानिय हरेन्द्र सहनीले बताउनुभयो ।

 

शुक्रवार माध्यमिक विद्यालय हरकठवालाई ५६ थान,अधारभुत विद्यालय धोविनीयालाई ४२ थान, अधारभुत विद्यालय महिनाथपुरलाई ४० थान, अधारभुत विद्यालय बैरीया लाई १७ थान र अधारभुत विद्यालय धनकौललाई ७ थान गरी जम्मा १६२ जना छात्राहरू लाई साईकल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज अहमदले जानकारी दिनुभयो ।

साईकल वितरण सँगै यस अघि पनि गाउँपालिकाले कम्बल वितरण लगायत विभिन्न कार्यहरु गरेपछी स्थानियहरु खुसि भएका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै