पार्टी विभाजनमा आत्मालोचना गरौं, तत्कालै वाम एकता हुन्छ : घनश्याम भुसाल (भिडियाे)

काठमाडौं । नेकपा(एमाले)का नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुका बिचमा एकता गर्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताएका हुन् । उनले विशेषगरी विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट विभाजन भएको नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)बिचमा एकता हुनुपर्नेमा जोड दिए ।

नेता भुसालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सके देशको लोकतन्त्र बलियो हुने पनि बताए । उनले विगतमा पार्टी विभाजन हुनुमा सबैको भुमिका छ भनेर आ—आफुले आत्मआलोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गर्न सकिने बताए । आसन्न स्थानिय तह निर्वाचनमा वाम गठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्नेमा उनले जोड दिए ।

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्न, नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउन र हाम्रो लोकतन्त्रलाई बलियो बनाउन पनि बाम एकता आवश्यकता भएको उनको भनाई थियो ।

नेता भुसालले नेताहरुका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बिगतको अनुभवहरुबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरुको नीजि स्वार्थमा टेकेर गर्नु नहुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पधा